पृथ्वी जयन्तीको शुभकामना दिँदै पूर्वराजाले भने-सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन « Khabarhub

पृथ्वी जयन्तीको शुभकामना दिँदै पूर्वराजाले भने-सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले ऐतिहासिक महत्व भुलेको भन्दै सरकारप्रति चेतावनीसहितको आक्रोश पोखेका छन् ।

पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्न नहुने बताएका छन् ।

उनले एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनुहुँदैन ।’

पूर्वराजा शाहले लेखेको विज्ञप्तिमा भनिएको छ, ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन ।’

समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्दै पुर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको हिमाल, पहाड र तराई मिलेर बनेको हाम्रो यो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड राख्नुपर्ने उल्लेख गरेका छन् ।

देशका सबै भूभागको रक्षा तथा समग्र नेपालवासीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने उनको सुझाव छ ।

पूर्वराजा शाहले पृथ्वीनारायण शाहका दिव्य उपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ९ : १८ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा