पृथ्वी जयन्तीको शुभकामना दिँदै पूर्वराजाले भने-सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन | Khabarhub Khabarhub

पृथ्वी जयन्तीको शुभकामना दिँदै पूर्वराजाले भने-सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले ऐतिहासिक महत्व भुलेको भन्दै सरकारप्रति चेतावनीसहितको आक्रोश पोखेका छन् ।

पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्न नहुने बताएका छन् ।

उनले एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनुहुँदैन ।’

पूर्वराजा शाहले लेखेको विज्ञप्तिमा भनिएको छ, ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन ।’

समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्दै पुर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको हिमाल, पहाड र तराई मिलेर बनेको हाम्रो यो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड राख्नुपर्ने उल्लेख गरेका छन् ।

देशका सबै भूभागको रक्षा तथा समग्र नेपालवासीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने उनको सुझाव छ ।

पूर्वराजा शाहले पृथ्वीनारायण शाहका दिव्य उपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ९ : १८ बजे

झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा– पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा

एनपीएल उद्घाटन : काठमाडौं र जनकपुरको भिडन्त, कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज उद्घाटन

वाणिज्य विभागबाट मापदण्ड निर्धारणका लागि सुझाव माग

काठमाडौं– वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड

तनहुँमा दुई  मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३