सुत्केरी अवस्थामा हुनसक्छ प्रसव फिस्टुला, यसरी गर्नुहोस् रोकथाम | Khabarhub Khabarhub

सुत्केरी अवस्थामा हुनसक्छ प्रसव फिस्टुला, यसरी गर्नुहोस् रोकथाम


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रसव व्यथाको अवस्थामा दक्ष स्वास्थ्यकर्मीबाट सही समयमा उपयुक्त सेवा नपाउँदा सुत्केरी महिलामा प्रसव फिस्टुला हुन सक्छ । प्रसव फिस्टुला भनेको महिलाको योनीबाट निरन्तर रुपमा दिसा, पिसाब वा दुवै चुहिने समस्या हो ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनका अनुसार प्रति १ हजार जना महिला सुत्केरी हुँदा ३ जना महिलामा प्रसव फिस्टुलाको समस्या हुन्छ ।

लामो सयमसम्म प्रसव व्यथा लाग्दा  बच्चाको टाउकोले योनीमार्ग र दिसा तथा पिसाब थैलीलाई धेरै समयसम्म थिच्नु नै फिस्टुला हुने प्रमुख कारण हो ।

प्रसव फिस्टुला हुने अन्य कारण निम्नानुसार छन्,

– सानै उमेरमा बच्चा जन्माउनु,

– लामो सयम र कठिन प्रसव व्यथा लाग्नु,

– दक्ष प्रसूतीकर्मीको सहयोग बिना घरमै प्रसूती गराउनु,

– चोटपटक लाग्नु,

– शल्यक्रिया वा औजार प्रयोग गरी प्रसूति गराउँदा वा अन्य शल्यक्रिया गर्दा दुर्घटनावस प्वाल पर्नु,

– बलपूर्वक यौन सम्पर्क राख्दा वा अन्य कारणबाट योनीमा चोटपटक लाग्नु,

– योनीमा जटिल संक्रमण वा क्यान्सर हुनु ।

प्रसव फिस्टुला रोकथामका उपाय यस्ता छन्

प्रसव फिस्टुलाहुनबाट जोगाउन गर्भवती महिलाको परिवारका सदस्यहरुको मूख्य भूमिका हुन्छ । गर्भवती महिलाको उपयुक्त हेरचाह,नियमित स्वास्थ्य परिक्षण गराउने प्रसवअवस्थामा दक्ष स्वस्थ्यकर्मीको सहयोगमा बच्चा जन्माउदा फिस्टुला हुने सम्भावना हुँदैन ।

प्रसव फिस्टुला हुनबाट बच्न यी कुरामा ध्यान दिनुस्

– स्वास्थ्य संस्थामा दक्ष प्रसूतीकर्मीबाट प्रसूती गराउने,

– सानै उमेरमा बच्चा नजन्माउने,

– किशोरी अवस्थादेखी नै यौन तथा प्रजनन् स्वास्थ्यबारे जानकारी गराउने,

– गर्भवती महिलाले ४ पटक गर्भ जाँच गराउने,

– गर्भवती महिलाले पोषणयुक्त खाना खाने,

– सुत्केरी व्यथा लाग्नेवित्तिकै प्रसूती गराउन नजिकको स्वास्थ्य संस्थामा जाने,

– जन्मान्तरका लागि परिवार नियोजनको साधनको प्रयोग गर्ने ।

प्रसव फिस्टुलाको शल्यक्रिया गरेर उपचार गरिन्छ । सुत्केरी महिलामा प्रसव फिस्टुला देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गइ चिकित्सकसँग सल्लाह र सेवा लिनुपर्छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १ : ५० बजे

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने