नगरपालिकाका वडाध्यक्षविरुद्ध २ लाखको भ्रष्टाचार मुद्दा दायर | Khabarhub Khabarhub

नगरपालिकाका वडाध्यक्षविरुद्ध २ लाखको भ्रष्टाचार मुद्दा दायर


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको रामग्राम नगरपालिका–८ का वडाध्यक्ष गोपाल डिस्वा मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

स्थानीय सेवाग्राहीको नाता प्रमाणित, घर/गोठ प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गरेवापत बिना रसिद २ लाख रुपैयाँ (घुस) लिएको अभियोगमा पक्राउ परेका वडाध्यक्ष मगरविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारका अनुसार वडाध्यक्ष मगरले स्थानीय सेवाग्राहीसँग बार्गेनिङ गरी विभिन्न शीर्षकमा घुस रकम माग्ने गरेका थिए ।

अख्तियारले वडाध्यक्ष मगरविरुद्ध २ लाख रुपैयाँ बिगो दावी गर्दै बिगो अनुसार जरिवाना र १ वर्ष ६ महिना कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ५ : ०२ बजे

३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एजेन्सी – एक स्थानीय अधिकारीका अनुसार बुधबार पश्चिमी हेरातको इस्लाम

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच उजुरी, आइतबार सुनुवाइ हुने

काठमाडौं– संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच

विषादी न्यूनीकरणमा कृषि ज्ञान केन्द्र मनाङको जोड

मनाङ– हिमाली जिल्ला मनाङमा रासायनिक विषादीरहित उत्पादन हुने स्थानको रूपमा

देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्छ : मन्त्री पाण्डे

भक्तपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा

इजरायलद्वारा इरानी आणविक वैज्ञानिक र उनको परिवारका १२ सदस्यको हत्या

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेर लागु हुने