जापानमा ‘क्रूर गर्मी’ को चेतावनी « Khabarhub

जापानमा ‘क्रूर गर्मी’ को चेतावनी


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानका विभिन्न सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि मौसमविद्हरूले पहिलोपटक ‘क्रूर रूपमा तातो दिन’ भन्ने नयाँ शब्दावली प्रयोग गर्न थालेका छन् । देशका अधिकांश क्षेत्रमा भीषण गर्मी फैलिँदै गएपछि ४७ मध्ये ४१ प्रान्तमा ‘हिटस्ट्रोक’ को चेतावनी जारी गरिएको छ ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार मङ्गलबार देशका तीन केन्द्रीय सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । यस स्तरको गर्मीलाई जनाउन एजेन्सीले ‘कोकुशोबी’ अर्थात् ‘क्रूर रूपमा तातो दिन’ भन्ने शब्द प्रयोग गरेको जनाएको छ । बुधबार पनि नागोया तथा टोकियो आसपासका पूर्वी क्षेत्रसहित अन्य स्थानमा तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा वा त्यसभन्दा माथि पुगेको थियो ।

लगातार बढ्दो गर्मीका कारण सर्वसाधारण, विशेषगरी ज्येष्ठ नागरिकलाई अत्यधिक सतर्कता अपनाउन र शरीरलाई चिसो राख्न एजेन्सीले आग्रह गरेको छ । टोकियोको उत्तरस्थित तोचिगी प्रान्तमा ८५ वर्षीय एक वृद्ध आफ्नै कृषि फार्मको हरितगृह (ग्रीनहाउस) भित्र अचेत अवस्थामा भेटिएका थिए । स्थानीय अग्नि नियन्त्रण अधिकारीका अनुसार पछि उनको मृत्यु भएको पुष्टि भएको छ ।

हरितगृहभित्र अत्यधिक तापक्रम रहेका कारण घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । जापानको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीले अत्यधिक गर्मीलाई प्राकृतिक विपद्कै रूपमा लिन सर्वसाधारणलाई आग्रह गरेको छ । जुलाईको मध्यदेखि तापक्रम लगातार बढिरहेको र देशभर गम्भीर गर्मी अझ केही समय कायम रहने सम्भावना रहेको एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार चरम गर्मीका कारण धेरै मानिस अस्पताल भर्ना भएका छन् भने केहीको मृत्युसमेत भएकाले वर्तमान अवस्थालाई ‘विपद्’ भन्न अतिशयोक्ति नहुने उल्लेख गरिएको छ । वैज्ञानिकहरूले मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनका कारण जापानसहित विश्वका विभिन्न भागमा अत्यधिक गर्मीका घटना थप बारम्बार र तीव्र बन्दै गएको बताएका छन् ।

गत वर्ष जापानले आफ्नो इतिहासकै सबैभन्दा तातो गर्मीयाम अनुभव गरेको थियो । देशमा हालसम्मको सबैभन्दा उच्च तापक्रम सन् २०२५ अगस्ट ५ मा टोकियोको उत्तरस्थित इसेसाकीमा ४१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ५ : ५६ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको