जाडोमा बेथेको तरकारी खानुका फाइदै फाइदा « Khabarhub

जाडोमा बेथेको तरकारी खानुका फाइदै फाइदा


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

तपाईंले भान्सामा बेथेको साग कत्तिको पकाउने गर्नु भएको छ ? यदी छैन भने खाने गर्नुस् । किनकी यो स्वादका लागि मात्र होइन स्वास्थ्यलाई धेरै फाइदा गर्छ ।

बेथे दुई किसिमका हुन्छ । एक सामान्य हरियो पात भएको र अर्कौ रातो पात भएको । यसको प्रयोगले विभिन्न रोबाट मुक्ति मिल्छ ।

मिर्गौलाको पत्थरी निकाल्नका लागि बेथेको साग उपयोगी मानिन्छ । यसका लागि आधा किलो बेथेको साग उमालेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउने गर्नुपर्छ तर मृगौलाको पत्थरीका बिरामीका लागि यो अमृत नै मानिन्छ ।

बेथेको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । बेथेमा खनिज तत्त्वको मात्रा अमलामा भन्दा बढी हुन्छ । बेथेले शरीरमा फलामको कमी हुन दिंदैदैन । यसले आमाशयलाई बलियो बनाउँछ ।

बेथेमा फलाम, फस्फोरस, भिटामिन डी र क्षार धेरै मात्रामा पाइन्छ । यो शुक्रवर्धक र कब्जियत भगाउन लाभकारी मानिन्छ । कलेजोसम्बन्धी रोग, अजीर्ण, ग्यास, जुका, पत्थरी, पेट घोच्ने समस्यालगायतबाट मुक्ति मिल्छ ।

भोक नलाग्ने, खाना ढिलो पच्ने, डकार, पेट फुल्नेजस्ता समस्या हटाउन पनि बेथे लाभदायक हुन्छ ।

पिसाब, मूत्राशय, मृगौलासम्बन्धी रोग निको पार्न र छालासम्बन्धी रोगमा समेत यसको उपयोग प्रभावकारी मानिएको छ ।

बेथेको तरकारी नियमित सेवन गरेमा वाथ ( यूरिक एसिड), रक्त र त्वचा विकार टाढा हुन्छ ।

बेथेको सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका विषहरुको निवारण गर्नु हो । यसकारण यसलाई विषनिदान नाम दिइएको छ ।

बेथेमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन ।  औषधिका रुपमा बेथेका पंचागं अर्थात पाँच अंग (जरा, डाठ, पात, फल र फूल)लाई प्रयोग गरिन्छ ।

बेथेका फाइदा यस्ता छन्

– जहिलेसम्म बेथेको सब्जी मिल्छ, खाने गर्नुहोस् । बेथेलाई पानीमा उमालेर पिउनुहोस् । यसले पेटका हरेक प्रकारका रोगलाई पनि ठिक गर्छ ।– बेथेले पेटलाई ताकत दिन्छ र कब्जियत हुन दिँदैन । यसले पेटलाई सफा गर्छ ।

– दुई चम्चा बेथेको दाना एक गिलास पानीमा उमाल्नुहोस् । पानी आधा सुकेपछि छानेर पिउँनाले रोकिएको महिनावारी खुल्छ ।

– एक गिलास काँचो बेथेको रसमा सख्खर मिसाएर दैनिक पिउने गर्नुहोस्, पथ्थरी गालेर झार्छ ।

– आयुर्वेदमा गरिएको एक अनुसन्धानले बेथेको साग नियमित खानाले स्तन क्यान्सरको सम्भावना कम हुने देखाएको छ । यसमा उपलब्ध सेलिनियम, ओमेगा-३ र ६ फैटी एसिड स्तन क्यान्सररोधक हुन्छन् ।

– बेथेको १० ग्राम दानालाई करिव दुई मिलीलीटर पानीमा उमाल्नुहोस् । ५० मिलीलीटर रहुन्जेल उमालेपछि ताततातै पिउँनुहोस् । यस्तो एक महिनासम्म विहान-बेलुका पिउनुहोस्, जोर्नी दुखाईबाट तपाईलाई राहत मिल्छ ।

– बेथेलाई उमालेर निचोरेर रस पिउनाले र सागलाई सब्जी बनाएर खानुहोस् । २ कप बेथेको पात पिसेर बनाएको रसमा आधा कप तेल मिसाएर हल्का तताउनुहोस् । जब पानी सुकेर तेलमात्र रहन्छ, त्यसलाई छानेर एक सफा सिसाको बट्टामा राख्नुहोस् ।

त्यसलाई छालामा दैनिक लगाउने गर्नुहोस् । लामो समय लगाइराख्ने गर्नु भएमा छालाका दाग, दाथ, चिलाउने, कुष्ठरोग आदि रोग टाढा भाग्छ ।

– ऐमरैन्थ अर्थात बेथेको तेल र पेप्टाइडमा एन्टी इफ्लेमेन्टरी गुण हुन्छ जसले दुःखाई र सुजन कम गर्नमा मद्दत गर्छ । यो पुरानो स्थितिका लागि एकदमै महत्वपूर्ण हुन्छ जहाँ सुजनले स्वास्थ्यलाई प्रभावित गरिरहेको हुन्छ ।

– डण्डिफोरमा बेथेका पातहरुको पेस्ट बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा सुजन टाढा हुन्छ ।

– प्रोटीन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटीन हुन्छ जसले तौल घटाउन मद्दत गर्छ ।

– पिसाबमा रगत आउने समस्यामा पनि यो उपयोगी मानिन्छ । बेथेको पात पिसेर मिश्री मिलाएर सर्वत बनाएर ३ दिनसम्म लगातार पिएमा ठिक हुन्छ ।

– अध्ययनका अनुसार ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।

– औषधिका रुपमा बेथेको जरा, पात र विउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटीन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । ऐमरैन्थ अर्थात बेथेको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा सुप (झोल)का रुपमा गर्नुपर्छ ।

– पिसाबमा हुने जलन रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मुत्रवृद्धि हुन्छ र जलन ठिक हुन्छ ।

– बेथेको सागमा हुने भिटामिन, खनिज र शक्तिशाली एन्टी अक्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

– यदि तपाईको कपाल समय नपुगेरै युवाअवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो ।

बेथेलाई आफ्नो आहार (खाना)मा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ५ : २४ बजे

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।