प्राकृतिक उपचारको गलत प्रचारले वैकल्पिक चिकित्सा छायामा « Khabarhub

प्राकृतिक उपचारको गलत प्रचारले वैकल्पिक चिकित्सा छायामा


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्राकृतिक उपचारको नाममा हुने गतल प्रचारले आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा सेवा प्रभावित भएको सरोकारवालाहरुले बताएका छन् ।

राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा आयोजित गोष्ठीमा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्यायले यस्तो बताएका हुन् ।

बाटोमै बसेर वैकल्पिक उपचार पद्धतिको भ्रामक प्रचार भइरहे पनि यसको नियन्त्रण गर्ने अधिकार आफुमा नभएको महानिर्देशक डा उपाध्यायले बताए ।

‘निशुल्क उपचार, ठिक नभए  पैसा फिर्ता, हन्डेट पर्सेन्ट ग्यारिन्टीका साथ भन्दै योग तथा वैकल्पिक चिकित्साको भ्रामक प्रचार गरिएकाे छ,’ महानिर्देशक डा उपाध्यायले भने, ‘कुनै व्यक्तिले बाटोमै बसेर यस्तो भ्रामक प्रचार गरिरहेको छ, तर यसरी बाटोमा बेच्नेलाई कारवाही गर्ने अधिकार हामीलाई छैन । ’

विभागका महानिर्देशक डा उपाध्यायले योग तथा आयुर्वेदिक शिक्षाको मापदण्ड नहुँदा बजारमा योग तथा प्राकृतिक उपचारको भ्रामक प्रचार फैलिएको बताए ।

‘अति रञ्जित विज्ञापनले योग र वैकल्पिक उपचारको महत्व छायामा परेको छ, कसलाई परम्परागत स्वास्थ्यकर्मी भन्ने ? यहाँ अन्यौलता छ,’महानिर्देशक डा उपाध्यायले भने, ‘त्यसैले गर्दा योग तथा वैकल्पिक उपचारको नियमन नियन्त्रण गर्न पनि कठिन अवस्था छ ।’

योगको महत्वलाई ध्यानमा राख्दै विभागले शिक्षा मन्त्रालयसँग संमन्वय गरेर राष्ट्रिय योग अभ्यास प्रोटोकल बनाउन लागेको डा उपाध्यायले बताए ।

यस्तै विभागले योग अभ्यासको महत्वबारे सचेतना जगाउन देशभरका ५ वटा विद्यालयमा आयुर्वेद तथा योग शिक्षाको अध्ययन शुरु गरिएको महानिर्देशक डा उपाध्यायले बताए ।

‘विद्यालय स्तरीय आयुर्वेद तथा योग शिक्षाको महत्वबारे बुझाउन देशभरका ५ वटा विद्यालय छनोट गरेर वर्षमा २० वटा क्लास संचालन गरिएको छ,’ महानिर्देशक डा उपाध्यायले भने, ‘ती विद्यालयहरुमा भएको अभ्यास प्रभाकारी देखिएमा अन्य विद्यालयहरुमा पनि योग शिक्षा दिइने छ ।’

महानिर्देशक डा उपाध्यायका अनुसार भक्तपुरको पद्म कन्या माध्यामिक विद्यालय, बागेश्वरी मावि, कीर्तिपुरको जनसेवा मावि र जनकपुरका दुई विद्यालयमा आयुर्वेद तथा योग शिक्षाको कार्यक्रम शुरु गरिएको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ११ : ०० बजे

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै 

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन