राजस्व कार्यालय धरानका अधिकृतविरुद्ध मुद्दा दायर, १ करोड २३ लाख भ्रष्टाचार गरेको आरोप « Khabarhub

राजस्व कार्यालय धरानका अधिकृतविरुद्ध मुद्दा दायर, १ करोड २३ लाख भ्रष्टाचार गरेको आरोप


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्थिक अनियमितताको आरोपमा आन्तरिक राजस्व कार्यालय, धरानका कर अधिकृत तिलक आलेविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

सुन्दरहरैँचा नगरपालिकाअन्तर्गत गछिया खोलाको बालुवा गिट्टी उत्खननमा सम्झौताअनुसार भ्याट तिर्नुपर्नेमा नतिरेको तर गलत सूचना गरी आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग आयोगले कर अधिकृत आलेसहित नदीजन्य पदार्थ उत्खनन कार्यका लागि सम्झौता गर्ने स्वामीनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध बिहीबार विशेष अदालतमा बिगो दाबीसहित मुद्दा दायर गरिएको हो।

कर अधिकृत आले र बस्नेतको मिलेमतोमा एक करोड २३ लाख ३९ हजार छ सय रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ । नगरपालिका र बालुवा, गिट्टी उत्खननकर्ता स्वामीनारायण निर्माण सेवा कम्पनीबीच ९ करोड ५१ लाख ५१ हजार एक सय रुपैयाँ भ्याटबाहेकको सम्झौता भएको थियो।

तर, कर अधिकृत र सम्बन्धित ठेकेदार मिलेर मूल्य अभिवृद्धि कर (भ्याट) बापत १ करोड २३ लाख ३९ हजार छ सय रुपैयाँ मात्र बुझाएको अख्तियार अनुसन्धान आयोगको आरोप छ।

गैरकानुनी लाभका लागि भ्याट दाखिला गरेको भनी बदनियतपूर्वक आन्तरिक राजस्व कार्यालय, धरान, सुनसरीको पत्रबाट स्वामीनारायण निर्माण सेवा प्रालिले आव २०७६/७७ मा सुन्दरहरैँचा नगरपालिकाको खोलाजन्य पदार्थको बिक्री गरेको तर बुझाउनुपर्ने कर बुझाइसकेको भनी नगरपालिकालाई पत्राचार गरी झुटा लिखत बनाई राजस्व चुहावट/छली गर्ने गलत मनसाय राखी प्रतिवादीहरूको मिलेमतोमा भ्रष्टाचार गरेको आयोगले जनाएको छ।

यस मुद्दामा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को भ्रष्टाचारजन्य कार्य गरेको हुँदा उक्त कार्यमा संलग्न कर अधिकृत र निर्माण कम्पनीलाई ठगी बरारबको बिगो र सोहीबराबरको जरिवानासमेत गराउन अदालतसँग माग गरेको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ९ : ५७ बजे

मुग्लिङ-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौं– सडकमाथिबाट पहिरो खसेर आज दिउँसोदेखि आवागमन बन्द भएको मुग्लिङ-नारायणगढ

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव