वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन विभाग र सीआईबीबीच समझदारी « Khabarhub

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन विभाग र सीआईबीबीच समझदारी


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीलाई थप व्यवस्थित र शोषणरहित बनाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) र वैदेशिक रोजगार विभागबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

वैदेशिक रोजगारको नाममा हुनसक्ने अवैध गतिविधिलाई रोकेर पेशालाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन छ बुँदे उद्देश्य तथा १३ बुँदे सहकार्यको समझारीपत्रमा हस्ताक्षर भएको हो ।

गृह सचिव प्रेमकुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा भएको समझदारीपत्रमा सिआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीमकुमार भुसालले हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा वैदेशिक रोजगारीको नाममा हुनसक्ने मानव बेचविखन तथा ओसारपसारका घटना रोक्ने, पीडित व्यक्तिको संरक्षण तथा पुनःस्थापना गर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, गृह मन्त्रालय र प्रहरीबीच समन्वय गर्ने लगायतका विषय समावेश छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ६ : ४० बजे

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख