यस्तो छ तीन दिनको मौसम पूर्वानुमान | Khabarhub Khabarhub

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको उपत्यका तथा तराईका भू-भागमा कुहिरो/हुस्सु लागेको छ ।

आगामी तीन दिन यस्तो हुनेछ मौसम

पौष २८ गते (सोमबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ ।

राति: देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

पौष २९ गते (मंगलबार)

दिउँसो : देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य पहाडी भू्-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

राति: देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

माघ १ गते (बुधबार)

दिउँसो : देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

राति; देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : ४६ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध