आफूले जितेको पुरस्कार रकम अस्ट्रेलियाका आगलागी पीडितलाई दिने सेरेनाको घोषणा | Khabarhub Khabarhub

आफूले जितेको पुरस्कार रकम अस्ट्रेलियाका आगलागी पीडितलाई दिने सेरेनाको घोषणा


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी खेलाडी सेरेना विलियम्सले एटीपी एउक्ल्याण्ड ओपनमा उपाधि हात पारेकी छन् ।

उनले एटीपी एउक्ल्याण्ड ओपनमा अमेरिकाकै जेसिइका पेगुलालाई पराजित गर्दै उपाधि हात पारेकी हुन् । तीन बर्षपछि उनले पहिलो पटक उपाधी जितेकी हुन् ।

२३ पटक ग्राण्डस्लाम जितिसकेकी विलियम्सले आफ्नै देशकी पेगुलालाई ६–३ र ६–४ को सेटमा पराजित गरिन् ।

विलियम्सको यो २०१७ को अस्ट्रेलिया ओपनको व्यक्तिगततर्फ जितेको उपाधि पछिको पहिलो हो भने समग्रमा ७३ औं उपाधि हो ।

विलियम्स यसअघि २०१८ र २०१९ मा विम्बलडन र युएस ओपनको फाइनलमा पराजित भएकी थिइन् भने २०१९ मै रोगेर्स कपको फाइनलमा सन्यास लिएकी थिइन् ।

विलियम्सले न्युजिल्यान्डबाटै आफूले जितेको पुरस्कार रकम अस्ट्रेलियाका आगलागी पीडितलाई सहयोग गर्ने बताएकी छिन् ।

‘खुसी लागेको छ । उपाधि उचाल्न नपाएको धेरै समय भइसकेको थियो । तपाईहरुले मेरो अनुहारमा पनि ‘रिलिभ’ देख्नु भएको होला,’ विलियम्सले खेल पछि भनिन्,‘मैले लामो समय खेलमा विताइसकेकी छु । म आफुलाई मन पर्ने काम गर्न पाएकोमा खुसी छु ।’

यो बर्षको अस्ट्रेलिया ओपन आउँदो २० तारिखदेखि सुरु हुँदैछ । त्यसमा विलियम्सले उपाधि हात पानै सके उनले मार्गरेट कोर्टको २४ उपाधिको किर्तिमानलाई बराबरी गर्ने छिन् ।

विलियम्सले वुमन्स टेनिस एसोसिएसन अन्तरगत पहिलो उपाधि सन् १९९९ मा हात पारेकि थिइन् ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  १ : ०१ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा