मनोरञ्जनसहितको पार्टी बस सञ्चालन हुँदै | Khabarhub Khabarhub

मनोरञ्जनसहितको पार्टी बस सञ्चालन हुँदै


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वदेशी तथा विदेशी पर्यटकका लागि अतिरिक्त मनोरञ्जनसहित गन्तव्यमा पुग्ने सुविधा भएको पार्टी बस सञ्चालन गरिने भएको छ ।

बसभित्रै डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिशन, शौचालय आदिको सुविधा रहेको पार्टी बस पहिलोपटक काठमाडौँ भित्र्याइएको हो । रियल इकोनोमिक सस्टेनेबल सोसाइटी नेपाल (रेस नेपाल) ले हालै यो बस भित्र्याइएको हो।

मनोरञ्जनको अतिरिक्त सुविधा चाहने पर्यटकलाई लक्षित गर्दै पार्टी बस सञ्चालन गर्न लागिएको कम्पनीका निर्देशक अशोक शर्माले जानकारी दिए । पर्यटकका लागि फरक सुविधा तथा जन्मदिनको पार्टीलाई मध्यनजर गरी ल्याइएको पार्टी बसका निश्चित क्षेत्र निर्धारण गरिने र ट्राफिक नियमअनुसार सञ्चालन गरिने उनले बताए ।

एक साताभित्रै पार्टी बस काठमाडौँमा व्यावसायिक रूपमा सञ्चालन गरिनेछ । भारतको टाटा मोटर्सले उत्पादन गरेको बसको च्यासिललाई पार्टी गर्न मिल्ने थलोका रुपमा परिमार्जन गरिएको छ । बसभित्र सिट हुँदैन । सोफा शैलीमा दुईतिर काउच राखिएको छ । यस बसमा एक पटकमा ३६ जनाले यात्रा गर्न सक्छन् ।

बसभित्रै मदिराको सुविधा र खाना तताउने उपकरणसहितको बार छ। बसको अघिल्तिर डिजेले सङ्गीतको आनन्दमा मदिरा तथा कफी पिउँदै यात्रा गर्न सकिनेछ ।

निर्देशक शर्माका अनुसार यो पार्टी बसको प्रतिबस साढे तीन करोड पर्छ । परियोजनाका लागि सात करोडभन्दा बढी लगानी गरिएको छ । एयरपोर्ट पिकअप, घुमफिर, पिकनिक, विवाह, निजी कार्यक्रम आदिमा यो बस प्रयोग गर्न सकिनेछ। बस प्रयोग गर्न एक हजार प्रवेश शुल्क पर्छ । विशेषगरी बिहे र पर्यटकका लागि यो बस उपयुक्त हुनेछ ।

नेपाल भ्रमण वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको पार्टी बस क्रमशः अन्य पर्यटकीय गन्तव्यमा पनि लैजाने कम्पनीको योजना छ । ग्राहकलाई मनोरन्ञ्जन र रमाइलो वातावरणमा विभिन्न पर्यटकीय गन्तव्यमा पुर्‍याउने उद्देश्यसहित सेवा शुरु गरिएको निर्देशक शर्माको भनाइ छ ।

इन्टेरियर डिजाइन, कलर, लाइट्स, म्युजिक र गुणस्तर सेवा पार्टी बसको मुख्य आकर्षण हुन् । बसमा आधुनिक प्रणालीबाट सुसज्जितका साथै सुरक्षाका सबै मापदण्डलाई ध्यान दिइएको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ७ : ४८ बजे

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा रिट दायर भएको छ

सुरु भयो ‘कबड्डी ५’को सुटिङ, यसपटक विपीन र सिर्जनाको प्रवेश

काठमाडौं – हिट फिल्म ‘कबड्डी’को पाँचौ श्रृङ्खला ‘कबड्डी ५ :

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार 

काठमाडौं -कारागारबाट फरार भएकामध्ये एक सय १३ जना कैदीबन्दी आफैँ

हेटौँडा उपमहानगरपालिकाद्वारा प्लाष्टिकको फूल बिक्री वितरण तथा प्रयोगमा रोक

बागमती– मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले प्लास्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा

शिविरबाट एक हजार ३७५ लाभान्वित

गलकोट– जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।