आज खानुस् तरुल, पुग्छ यस्तो फाइदा | Khabarhub Khabarhub

आज खानुस् तरुल, पुग्छ यस्तो फाइदा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज माघे संक्रान्ति । नेपालीहरुले आज यो पर्वलाई विशेष रुपमा मनाउँने गर्छन् । संग्रान्ति घ्यू, चाकु, तरुल, सखरखण्डा, पिडालु खाने प्रचलन गरेको छ ।

आजको दिन माटोमुनि फलेका बालीको रूपमा तरुल, सखरखण्ड, पिडालुका साथै चाकु, तिलको लड्डु पनि खाने प्रचलन छ ।

हाम्रा धेरैजसो चाडपर्वमा खाइने खानेकुरा समय र शरीरको आवश्यकताअनुसार पनि निर्धारण गरिएको हुन्छ । आजको दिन खाइने यस्ता खानेकुराले शरीरलाई शक्ति दिनुका साथै, आवश्यक पोषकतत्वसमेत पूर्ण गरिदिन्छ ।

नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात् पुसमा पकाएर माघमा खाने । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ ।

मौसमको फल अर्थात पर्व विशेष मानेर तरुल खानेहरु पनि हुन्छन् । जसले जे–जसरी खाए पनि तरुल स्वास्थ्यको लागि लाभदायक छ ।

तरुल खाँदा पुग्छन् यस्ता फाइदा

छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो
यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।
तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटु सम्बन्धी समस्या हुनबाट जोगाउँछ ।
यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।
तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।
यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।
त्यसैले तरुलको महत्व माघिमा मात्र नभई अरु वेला पनि खानु स्वास्थ्यको लागि अचुक औषधि प्रमाणित भएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १० : ३४ बजे

गाजाका अधिकांशले दिनको एक छाक पनि खान पाउँदैनन्

काठमाडौं – गाजामा रहेका एक तिहाइ व्यक्ति दिनको एक छाक

अख्तियारबाट २९ हजार सात सय उजुरी फर्छ्यौट

काठमाडौं– अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

गण्डकी– पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र

तल्लो सोलु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

सोलुखुम्बु– हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत्

विश्व क्रिकेटमा गेम चेन्जर बन्नसक्छ इटाली

जसप्रित सिंहका बाबु सन् २००६ मा भारत छाडेर इटाली पुगेका