आज खानुस् तरुल, पुग्छ यस्तो फाइदा « Khabarhub

आज खानुस् तरुल, पुग्छ यस्तो फाइदा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज माघे संक्रान्ति । नेपालीहरुले आज यो पर्वलाई विशेष रुपमा मनाउँने गर्छन् । संग्रान्ति घ्यू, चाकु, तरुल, सखरखण्डा, पिडालु खाने प्रचलन गरेको छ ।

आजको दिन माटोमुनि फलेका बालीको रूपमा तरुल, सखरखण्ड, पिडालुका साथै चाकु, तिलको लड्डु पनि खाने प्रचलन छ ।

हाम्रा धेरैजसो चाडपर्वमा खाइने खानेकुरा समय र शरीरको आवश्यकताअनुसार पनि निर्धारण गरिएको हुन्छ । आजको दिन खाइने यस्ता खानेकुराले शरीरलाई शक्ति दिनुका साथै, आवश्यक पोषकतत्वसमेत पूर्ण गरिदिन्छ ।

नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात् पुसमा पकाएर माघमा खाने । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ ।

मौसमको फल अर्थात पर्व विशेष मानेर तरुल खानेहरु पनि हुन्छन् । जसले जे–जसरी खाए पनि तरुल स्वास्थ्यको लागि लाभदायक छ ।

तरुल खाँदा पुग्छन् यस्ता फाइदा

छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो
यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।
तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटु सम्बन्धी समस्या हुनबाट जोगाउँछ ।
यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।
तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।
यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।
त्यसैले तरुलको महत्व माघिमा मात्र नभई अरु वेला पनि खानु स्वास्थ्यको लागि अचुक औषधि प्रमाणित भएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १० : ३४ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना