सेनाका रथी ताण्डुलको सम्पत्ति विवरणः ३५ तोला सुन र बैंकमा ७७ लाख रुपैयाँ « Khabarhub

सेनाका रथी ताण्डुलको सम्पत्ति विवरणः ३५ तोला सुन र बैंकमा ७७ लाख रुपैयाँ


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाका रथी गौरव ताण्डुलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनी नेपाली सेनाको दोश्रो वरियतामा रहेका रथी ताण्डुल हुन्।

ताण्डुलले सार्वजनिक गरेको विवरण अनुसार श्रीमती मुनादेवी उप्रेती ताण्डुलको नाममा २० आना १ पैसा जग्गामा धापासीमा साढे २ तले घर छ।

भरतपुरमा १० धुर जग्गा र १ तले घर छ भने झापामा उनकी श्रीमती मुनादेवीको नाममा ५ विघा जग्गा छ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार काठमाडौं महानगरपालिका वडा नं ३९ मा ६३.५८ बर्ग मिटर जग्गा र पोखरमा ९ आना ३ पैसा जग्गा छ।

बलाध्यक्ष रथी ताण्डुलसँग ३५ तोला सुन, ९ केजी चाँदी र केही मात्रामा हिरा-मोति रुवि र निलम रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ।

विभिन्न वाणिज्य बैंकमा उनको नाममा ७७ लाख ३५ हजार रुपैयाँ छ। सैनिक कल्याणकारी कोषबाट ३ लाख ५० हजार रुपैयाँ ऋण लिएका ताण्डुलले १ लाख ६८ हजार रुपैयाँ तिरेको उल्लेख गरेका छन्। आफूसँग होण्डा साइनको मोटरसाइकल रहेको उनले उल्लेख गरेका छन्।

उनले पुर्ख्यौली सम्पत्ति, श्रीमतीले ल्याएको दाइजो र केही आफ्नो कमाइबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

सार्वजनिक गरेको सम्पत्ति विवरण

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ७ : १७ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण