सडक डिभिजन कार्यालय प्रमुख चौधरीद्वारा न्यायका लागि आग्रह « Khabarhub

सडक डिभिजन कार्यालय प्रमुख चौधरीद्वारा न्यायका लागि आग्रह


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सडक डिभिजन कार्यालय दाङका प्रमुख (सिडिई) जीतेन्द्रकुमार चौधरीले कार्यालय समयमा आफूमाथि दुर्व्यवहार भएको भन्दै न्यायका लागि आग्रह गरेका छन् ।

चौधरीले गत पुस २७ गते कार्यालयको काम गरिरहेको अवस्थामा सेवाग्राहीको रूपमा आठजना अपरिचित व्यक्ति कार्यकक्षमा आइ ढोका बन्द गरी अमानवीय एवं अभद्र व्यवहार गरेको भन्दै घटनामा संलग्नलाई कारवाहीको माग गरेका हुन् ।

उनले भने, “ममाथि कार्यालय समयमा काम गरिरहेको बेलामा जुन किसिमको दुर्व्यवहार भएको छ, सो कार्यमा संलग्न सबैको पहिचान गरी कारवाही अगाडि बढाउन स्थानीय प्रशासनसँग जोडदार माग गर्दछु ।”

आफूमाथि कमिशन खाएको झुटोे, भ्रामक र कपोलकल्पित आरोप लगाएर दुर्व्यवहार गरिएको भन्दै कार्यालय प्रमुख चौधरीले विज्ञप्ति जारी गर्दै त्यसको खण्डनसमेत गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ६ : १४ बजे

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका