सरकारको प्रतिबन्धपछि ‘जनसरकार’ घोषणा गर्ने तयारीमा विप्लव « Khabarhub

सरकारको प्रतिबन्धपछि ‘जनसरकार’ घोषणा गर्ने तयारीमा विप्लव


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणा पछि नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले स्थानीय स्तरमा ‘जनसरकार’ घोषणा गर्ने तयारी थालेकाे छ ।

खबरहबकाे सम्पर्कमा आएका विप्लव नेतृत्वको नेकपाका एक नेताले सरकारले पार्टीमाथि नै प्रतिबन्ध लगाएपछि त्यसको प्रतिक्रियास्वरूप स्थानीय तहमा जनसरकार घोषणा गर्ने तयारी थालिएको बताए ।

ती नेताका अनुसार प्रतिबन्धको सशक्त प्रतिरोध गर्ने र पार्टीको बैठक बसेर निर्णय गर्ने तयारी समेत छ ।

केही दिनभित्रै नेकपा महासचिव विप्लवले नै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने र त्यसैबेला जनसत्ता र जनसरकार घोषणा गर्ने तयारी भएको ती नेताले जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ११ : ४४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु