एक मत पनि तलमाथि नहोस् : नेपाल | Khabarhub Khabarhub

एक मत पनि तलमाथि नहोस् : नेपाल


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्देशनबाट दायाँबायाँ नहुन नेकपाका सांसद र स्थानीय तहका प्रमुख एवं उपप्रमुखलाई निर्देशन दिएका छन् ।

यही माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एक भोट पनि तलमाथि नहुने गरी मतदान गर्न नेता नेपालले सुझाएका हुन् ।

बुधवार सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीस्थित द्वन्द्ध पीडित बाल गृहमा जनवादी गायक जेबी टुहुरेको एकल साङगीतिक प्रस्तुति समारोहलाई सम्वोधन गर्दै नेता नेपालले पार्टीका जनप्रतिनिधिलाई मतको अधिकार प्रयोग गर्न निर्देशन दिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सकारात्मक सन्देश प्रवाह गर्न र पार्टीको पुरानो सिट सुरक्षित गर्न प्रदेश २ मा राजपासँग सहकार्य गरिएको बताए ।

उनले दुवै पार्टीले उठाएका उम्मेदवार बाहेक अरुको पक्षमा मतदान नगर्न पार्टीका जनप्रतिनिधिलाई सचेत गराए । फरक प्रसङ्गमा नेकपा वरिष्ठ नेता नेपालले सङगीतले जातिय भावना हटाई समाजलाई एकतावद्ध बनाउन ठूलो योगदान पुर्‍याइरहेको बताए । कार्यक्रममा ७५ वर्षीय जनवादी गायक टुहुरेले प्रत्यक्ष वाद्यवादनका साथमा साङगीतिक प्रस्तुति देखाए ।

जेबी टुहुरे फाउण्डेसनको आयोजना, हरिवन नगरपालिकाको प्रवद्र्धन र द्वन्द्ध पीडित बाल गृह सञ्चालन गरिरहेको चेतना सन्देश नेपालको व्यवस्थापनमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, जिल्लाका सांसद, स्थानीय तहका प्रमुख एवं उपप्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिज्ञ, सामाजिक अगुवा लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ८ : २४ बजे

कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

विराटनगर – कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ

‘जापानमा रोजगारी गर्न चाँडै नै नेपाली श्रमिक पठाउँछौं’

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले

आजका समाचार : सहकारी छानविन प्रतिवेदन सार्वजनिक, प्रधानमन्त्री राष्ट्रसङ्घतीर र रामकुमारीसँग रिसाए माधव 

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त

सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संविधानमा भएका अधिकार पनि

रविले ग्यालेक्सी टिभीबाट तलब नै लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी