पूर्णरुपमा निको नहुने दीर्घ श्वासप्रश्वास अवरोध रोग, यी हुन् लक्षण र बच्ने उपाय | Khabarhub Khabarhub

पूर्णरुपमा निको नहुने दीर्घ श्वासप्रश्वास अवरोध रोग, यी हुन् लक्षण र बच्ने उपाय


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीर्घ श्वासप्रश्वास अवरोध रोग  फोक्सो र फोक्सोमा रहेका हावाका नलीहरु स्थायी रुपमा क्षति भएर सास फेर्न कठिनाइ हुने अवस्था हो ।

दीर्घ श्वासप्रश्वास अवरोध रोगको प्रक्रियालाई दम रोगको जस्तो औषधीले पूणरुपमा निको गर्दैन ।

औषधीको प्रयोगले मात्र यसबाट हुने जटिलताहरुको रोकथाम गर्न सकिन्छ ।

विश्वव्यापीरुपमा धुम्रपान नै यसको मुख्य कारण मानिएको छ ।

प्रदुषित वातावरणले पनि यो रोगलाई नकारात्मक असर पारिरहेको हुन्छ ।

घरभित्र हुने प्रदुषित हावा (दाउरा र गुइँठा बालेर खाना पकाउँदा, परम्परागत धुवाँले रुमलिएको चुल्हो, धान, कोदो चुट्दा उडेको कण, कलकारखानामा काम गर्दा, रासायनिक पदार्थको धेरै प्रयोग) ले दीर्घ श्वासप्रश्वासका रोगीलाई धेरै असर गर्छ ।

दीर्घ श्वासप्रश्वास अवरोध रोगका लक्षणहरु

घ्यार्रघ्यार्र हुनु ।

साना काम गर्दा पनि सास फेर्न गाह्रो हुनु ।

खकारयुक्त खोकी लाग्नु ।

छाती दुख्नु ।

धेरै थकाई लाग्नु ।

श्वासप्रशवास सम्बन्धी संक्रमण पटकपटक हुनु ।

कसरी बच्ने ?

बिरामीलाई ज्वरो आएमा खकार पहेँलो भएका चिकित्सकको सल्लाहमा औषधि खानुपर्छ ।

रोग धेरै बढेमा बिरामीलाई अस्पताल भर्ना गर्नुपर्छ ।

धुम्रपान गर्ने बानी गर्नुहुदैन । यदि धुम्रपान गर्ने बानी छ भने तुरुन्तै छोड्नुपर्छ ।

धुवाँरहित चुलोको प्रयोग तथा घरभित्र वायु प्रदूषण वातावरणमा काम गर्नुपरेमा गुणस्तरीय मास्क लगाउनुपर्छ ।

रोगको गम्भीर अवस्थाको कुनै लक्षण देख्नेबित्तिकै चिकित्सककहाँ वा अस्पताल लानुपर्छ ।

नियमित औषधि सेवन गर्नुपर्छ ।

गम्भिर किसिमको संक्रमण भई अझ स्थिति बिग्रन नदिन चिकित्सकको परामर्शमा खोप पनि लगाउन सकिन्छ ।

दीर्घ श्वासप्रश्वास अवरोध रोग पूर्णरुपमा निको नहुने भएकाले यसबाट हुने जटिलताहरुलाई रोकथाम गर्नुपर्छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ७ : १० बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’