‘रावण संहिता’छन् यस्ता मनुष्य कल्याणका उपाय | Khabarhub Khabarhub

‘रावण संहिता’छन् यस्ता मनुष्य कल्याणका उपाय


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामायणकालका एक मुख्य पात्र हुन्– रावण । राक्षसका रुपमा परिचय बनाएका रावण महाज्ञानी तथा प्रकाण्ड विद्वान थिए । यसमा द्विविधा छैन । लंकाका अधिपती रावणले तीनै लोकमा विजय प्राप्त गरेका थिए ।

रावण आफैले आफ्नो ज्ञानलाई रावण संहिता रचना गरी लिपिवद्ध गरेका थिए । रावणद्वारा रचित यस ग्रन्थमा उनको जीवनका बिषयमा बताइएको छ । ज्योतिषशास्त्र र आयुर्वेदसंग जोडिएको रावण संहितालाई ज्ञानको भण्डार मानिन्छ ।

यसका साथै रावण संहिताले ज्ञानका क्षेत्रमा महत्वपूर्ण योगदान समेत गर्दछ । यसमा केही यस्ता खास ज्ञान दिइएको छ, जसको पालन गरे मात्र पनि मनुष्यको जीवन सफल हुने मान्यता छ ।

रावण संहितामा रावणले भनेका छन्, जो व्यक्ति आफ्नो प्रशंसा वा स्तुती सुन्ने चाहना राख्छन् ति व्यक्तिलाई कहिल्यै सफलता प्राप्त हुँदैन । प्रशंसा सुन्न मानिसको कर्म उपयोगी हुन्छ बल हुँदैन । त्यस्तै कुनै व्यक्तिले अप्ठेरो परिस्थितिमा आफ्नो गुरुलाई छाड्दछ उ श्रापत हुने रावण संहितामा उल्लेख छ ।

गुरुको मार्ग अपनाउने तर अप्ठेरोमा साथ छाड्नेहरुको कहिल्यै कल्याण हुँदैन । रावण संहितामा जो व्यक्ति अरुको सम्पत्ति वा समृद्धि देखेर जल्दछन् ति व्यक्ति यस दुनियाँमा एक गरिबका समान हुने बताइएको छ ।

रावणका अनुसार कुनै पनि कार्य गर्नु अघि व्यक्तिले आफूलाई हमेशा विजेता मान्नु पर्दछ । रावण संहितामा रावण आफूले हनुमानलाई सानो सम्झिएर भूल गरेको र त्यही कारणले सुनको लंका नास भएको भन्दै दुष्मनलाई कहिल्यै सानो मान्न नहुने बताइएको छ ।

रावण संहितामा हमेशा पूर्वजलाई सम्मान गर्नुपर्ने र पूजाकर्म गर्दा आफू भन्दामाथि अर्काे कोही छ भन्ने ध्यान राख्नु पर्ने लेखेका छन् । पूर्वजलाई आदर गर्नेहरुले कहिल्यै जीवनमा असफलता भोग्नु नपर्ने उल्लेख छ ।

संहितामा कुनै पनि विवाहित पुरुषले आफ्नो पत्नीलाई कठोर र दुर्भावनापूर्ण शब्द प्रयोग गर्न नहुने बताइएको छ । पत्नी पतिका लागी आधा हिस्सा हुने भएकाले पत्नी भन्दा नजिकको शुभचिन्तक अरु कोही नहुने रावण संहितामा रावणले लेखेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : २७ बजे

मनसुनको अवस्था अद्यावधिकः मधेशमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती – बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी

एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको विशेष जिल्ला

यस्तो छ रजनीकान्तको फिल्म ‘कुली’मा आमिर खानको लुक्स

काठमाडौं – दक्षिण भारतीय नायक रजनीकान्तको फिल्म ’कुली’मा बलिउड नायक

कांग्रेस बैठकमा नेताहरूलाई सुझाव- कार्यकार्ता असन्तुष्ट छन्, कार्यशैली सुधार्नुस्

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा