विश्व यात्रा गर्दै 'भ्वाइस अफ नेपाल' का विजेता | Khabarhub Khabarhub

विश्व यात्रा गर्दै ‘भ्वाइस अफ नेपाल’ का विजेता


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग पुर्‍याउने हेतुले विश्वका चार देशमा सा‌ंगीतिक कार्यक्रम हुने भएको छ । द भ्वाइस अफ नेपाल सिजन २ का विजेतासहितको टोली विश्व भ्रमणमा निस्कन लागेको हो ।

बेलायत, युरोप, क्यानडा र इजरेलमा हुने म्यूजिकल टुरमा गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को सिजन–२ का अन्तिम प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका अन्तिम प्रतिस्पर्धीहरुले चार देशमा  प्रस्तुति दिनेबारे जानकारी दिइयो ।

इभेन्ट म्यानेजमेन्ट कम्पनी ब्लु वर्डले जानकारी गरायो । मार्च ६ बाट सुरु हुने विश्व यात्रामा ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का विजेता शिशिर फागु (राम लिम्बु), सनिष श्रेष्ठ, अनु राना मगर र यन्की यल्मोले आफ्नो प्रस्तुति दिनेछन् ।

मार्च ३ देखि मार्च २३ तारिखसम्म बेलायतमा ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का अन्तिम चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।

ब्लु वर्डका अध्यक्ष रोशन पराजुलीका अनुसार मार्च २७ देखि अप्रिल १९ सम्म युरोप, जुनको तेस्रो साता क्यानडा र अप्रिलको तेस्रो साता इजरालमा सांगीतिक कार्यक्रम हुनेछ । त्यस्तै बेलायतको ९ वटा शहरमा सांगीतिक कार्यक्रम हुनेछ भने युरोपको विभिन्न शहरमा हुनेछ । त्यस्तै, क्यानडामा ४ वटा र इजरेलमा १ वटा सांगीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ६ : ०३ बजे

सुमनाले छाडिन् रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी

युवाले मागेको भ्रष्टाचार अन्त्य र आर्थिक समानताको पक्षमा अठोट गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आगामी दिनमा युवा पुस्ताको सोचबाट

जेन–जी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरिने

काठमाडौं– अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद

देश शून्यमा पुगेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज देश शून्यमा