काठमाडौं– हिँड्डुल गर्न सक्ने विश्वका सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापा मगरको २७ वर्षको उमेरमा शुक्रवार मृत्यु भएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खगेन्द्रले ‘आफ्नो सानो आकारलाई सुखमय जीवन जिउन रोक्न नदिएको’ बताएको छ ।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खगेन्द्रको मृत्युको खबरले दु:खी भएको विज्ञप्तिमार्फत् जनाएको छ।
उनका पिता रूपबहादुर थापा मगरले उनी जन्मिँदा हातमा अटाउने र नुहाइदिन गाह्रो हुने कुरा सम्झेको पनि विज्ञप्तिमा उल्लेख छ।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले लेखेको छ: “उनका साथीहरूका अनुसार उनी मुटुको समस्या, दम र निमोनियाबाट पीडित थिए।”
सन् २०१० मा खगेन्द्रलाई इटलीमा भेटेका गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रेग ग्लेन्डेले भनेका छन्: “खगेन्द्र अब हामीसँग नरहेको भन्ने नेपालबाट खबर सुनेर हामी निकै दुःखी भएका छौँ।”
“उनको चम्किलो मुस्कानले उनलाई भेटेने जो कोहीको पनि मन पग्लिन्थ्यो।”
“धेरै होचा मानिसको अनुभवमा मात्र छ किलोको हुँदा जीवन चुनौतीपूर्ण हुन्छ र औसत व्यक्तिका लागि बनेको विश्वमा मिल्न गाह्रो हुन्छ।”
“तर खगेन्द्रले आफ्नो सानो आकारलाई सुखमय जीवन जिउन रोक्न दिएनन्।”
उनले थपेका छन्: “उनी र उनको परिवारलाई चिन्नु एउटा सम्मान थियो र उनको कथा विश्वसँग बाँड्न सक्नु विशेषाधिकार पाउनु सरह थियो।”
बाग्लुङ जिल्लाका खगेन्द्र दुई फिट ४१ इञ्च अर्थात् ६७.०८ सेन्टिमिटरका थिए ।
सन् २०१० मा १८ वर्षको उमेरमा उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्वका सबैभन्दा होचा व्यक्तिका रूपमा दर्ता गरेको थियो ।
प्रतिक्रिया