सोलुखुम्बुमा गोली चल्यो, १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी « Khabarhub

सोलुखुम्बुमा गोली चल्यो, १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बुमा गोली चलेको छ । सोलुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा गोली चलेको हो ।

जिल्ला सदरमुकामबाट कार्यक्रममा सहभागी हुन गएको टोलीलाई तिङ्लावासीले अवरोध गरेपछि हवाइ फायर र अश्रु ग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

हाईड्रो प्रभावित क्षेत्र तिङलामा विद्युत विस्तार नभर्ई पत्तालेमा उद्घाटन गर्न लागिएको भन्दै सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका स्थानीयले कार्यक्रम बहिष्कार गरेका थिए ।

झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बन्दकर्ताले १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन् ।

कार्यक्रम बहिस्कार गरेर विहानैदेखि प्रर्दशनमा उत्रिएका तिङलाबासीले कार्यक्रममा सहभागी ब्यक्तिहरुको मोटरसाइकलमा जथाभावी आगो लगाएका हुन् ।

जिल्लाका संघीय सांसद हेमकुमार राई (शुरबीर)ले शनिबार पत्तालेमा उद्घाटन गर्ने कार्यक्रम थियो । कार्यक्रममा झडपको स्थिती सृजना भएपछि कार्यक्रममा सहभागी हुन जिल्लाबाट आएका अतिथीहरु बीच बाटोबाटै सदरमुकाम सल्लेरी फर्किएका छन् ।

झडप पछि प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध भएसँगै सोलुखुम्बु भित्रने दर्जनौ सवारी साधन पत्ताले क्षेत्रमा नै अलपत्र परेका छन् ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ६ : ५३ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको