मौसममा क्रमिक सुधार, आगामी तीन दिन कहाँ कस्तो रहनेछ ? « Khabarhub

मौसममा क्रमिक सुधार, आगामी तीन दिन कहाँ कस्तो रहनेछ ?


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक सुधार हुँदै गएको बताएको छ ।

देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत लागेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ५ गते (आइतबार)

दिउँसो : देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ | पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

रातिः देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ | पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

माघ ६ गते (सोमबार)

दिउँसो : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

रातिः पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

माघ ७ गते (मंगलबार)

दिउँसो : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

रातिः पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा सहित पश्चिमी उच्च हिमाली भेगका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको साथै उपत्यका लगायत तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारण महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ७ : २३ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति