२०७५ फागुन २८ गते मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को निर्णयले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगायो । केपी ओली सरकारको यो राष्ट्रघाती जनघाती कदमको आज सर्वत्र विरोध र झण्डाफोर भइरहेको छ । आफूलाई कम्युनिष्ट सरकार भन्न रुचाउने केपी–प्रचण्ड सरकारले विप्लव नेतृत्वको नेकपामाथि किन प्रतिबन्ध लगायो भनेर व्यापक चर्चा र तर्क वितर्क भइरहेका छन् ।
कुनै पनि घटना परिघटना विनाकारण घटित हुँदैनन् । त्यसका पछाडि निश्चित वैज्ञानिक कारणहरु विद्यमान रहेका हुन्छन् । मार्क्सवादी द्वन्द्ववादको सार्वभौमा नियम पनि यही नै हो । केपी–प्रचण्डको सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनुका पछाडि निश्चित कारणहरु विद्यमान रहेका छन् ।
एउटा कालखण्डमा कम्युनिष्ट पार्टीको नेतृत्व गरेर आएको अर्को कालखण्डमा कम्युनिष्ट पार्टीको झण्डा हल्लाउँदै र कम्युनिष्टको जामा पहिरिएकाहरुको राजनीतिक चरित्र एउटा हातमा कम्युनिष्ट पार्टीको झण्डा उठाएको हुन्छ भने अर्को हातले देशमा क्रियाशील कम्युनिष्ट क्रान्तिकारीहरुमाथि भीषण दमन गरेर सिध्याउने रहेको हुन्छ ।
पहिलो कारण :
केपी–प्रचण्डको सरकार ऐतिहासिक झापा विद्रोहबाट भागेर आएका, झापा विद्रोहका भगौडाहरु र महान् दश वर्ष जनयुद्धबाट भागेर साम्राज्यवाद तथा विस्तारवादका सामु आत्मसमर्पण गरेर जनयुद्धबाट प्राप्त सम्पूर्ण उपलब्धिहरु प्रतिक्रियावादीहरुलाई बुझाएर प्रतिक्रियावादी क्याम्पमा विलय हुन पुगेको प्रतिक्रान्तिकारीहरुको प्रतिक्रियावादी सरकार हो ।
प्रतिक्रान्तिकारीहरुको चरित्र फासिस्ट तथा फासीवादी हुन्छ । एउटा कालखण्डमा कम्युनिष्ट पार्टीको नेतृत्व गरेर आएको अर्को कालखण्डमा कम्युनिष्ट पार्टीको झण्डा हल्लाउँदै र कम्युनिष्टको जामा पहिरिएकाहरुको राजनीतिक चरित्र एउटा हातमा कम्युनिष्ट पार्टीको झण्डा उठाएको हुन्छ भने अर्को हातले देशमा क्रियाशील कम्युनिष्ट क्रान्तिकारीहरुमाथि भीषण दमन गरेर सिध्याउने रहेको हुन्छ ।
चरम अवसरवाद, निरासा कुष्ठा, पलायन आदि कारणले प्रतिक्रान्तिकारीहरु दक्षिणपन्थी संशोधनवादी, नवसंशोेधनवादी बाटो हुँदै प्रतिक्रियावादमा पतन हुन पुगेका हुन्छन् र उनीहरुको कुनै वर्ग हुँदैन । उनीहरुले प्रतिक्रियावदी वर्गकै सेवा र चाकरी गर्नुवाहेक अर्कै ठाउँ हुँदैन । उनीहरुसँग जनता र राष्ट्रप्रति पनि मोह हुँदैन । त्यसो भएर उनीहरु ज्यादा राष्ट्रघाती, ज्यादा जनघाती चरित्रका हुन्छन् र मालिकले अह्राएको काम गर्ने गर्दछन् ।
त्यसैले यो सुधारिएकोे पञ्चहरुको सरकार भन्दा भिन्न सरकार होइन । किन भने सरकारमा जानका निम्ति मात्रै एमाले र माकेका बीचमा पार्टी एकताको नाटक मञ्चन गरिएको थियो । पार्टी एकताका लागी निश्चित सिद्धान्त, निश्चित विचार हुन्छ । त्यस विषयमा कुनै छलफल र वहसविना नै सरकारमा बहुमत ल्याउनका लागि नै पहिले चुनावी एकतापछि पार्टी एकताको नाटक मञ्चन गरिएको थियो ।
वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै निश्चित सिद्धान्त, दर्शन भएको पार्टी होइन । झापा विद्रोह हुँदै संसदवादमा फसेर प्रतिक्रियावादी कित्तामा दर्ज भएर प्रतिक्रियावादी सत्ता संचालन गर्दै आएको तत्कालीन नेकपा(एमाले) र दशवर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा प्रवेश गरे पश्चात दक्षिणपन्थी संशोधनवादी बाटो हुँदै वर्गीय रुपमा समेत आत्मसमर्पण गरेर वेलाबखतमा प्रतिक्रियावादी सत्ताको स्वाद चाख्दै सत्ता र भत्ता प्राप्तीको लक्ष्य बोकेर एमालेमा विलय भएको तत्कालीन नेकपा (माके) मिलेर बनेको भगौडाहरूको सरकार हो ।
त्यसैले यो सुधारिएकोे पञ्चहरुको सरकार भन्दा भिन्न सरकार होइन । किन भने सरकारमा जानका निम्ति मात्रै एमाले र माकेका बीचमा पार्टी एकताको नाटक मञ्चन गरिएको थियो । पार्टी एकताका लागी निश्चित सिद्धान्त, निश्चित विचार हुन्छ । त्यस विषयमा कुनै छलफल र वहसविना नै सरकारमा बहुमत ल्याउनका लागि नै पहिले चुनावी एकतापछि पार्टी एकताको नाटक मञ्चन गरिएको थियो ।
चुनाव जित्नकालागी उनीहरुले यस देशका भ्रष्टाचारीहरु तस्करहरु, काला बजारीहरु, भूमाफियाहरु, शैक्षिक माफियाहरु, देश बेचुवाहरुबाट अरबाैं चन्दा र सहयोग लिएका थिए । यो सबैकुरा जनतालाई पहिले नै थाह भएकै कुरा हो । तर कम्युनिष्ट एकताको गुलियो नारा दिएर नेपाली जनतालाई झुक्याएर उनीहरुले बहुमत ल्याएर सरकार गठन गर्न सफल भएका थिए ।
यो देशका ठूला भ्रष्टचारीहरु राजस्व छलीहरु, तस्करहरुलाई विप्लव नेतृत्वका नेकपाले भौतिक कारबाही गर्न थालेपछि विप्लव नेकपामाथि प्रतिबन्ध लगाउन ओली सरकार उद्यत भएको देखिन्छ ।
सरकार सञ्चालन गरे यता यो प्रतिक्रान्तिकारी सत्ताले यो देशका ठूलो भ्रष्टाचारी तस्कर कमिशनखोर, हत्यारा, माफिया, आदिको संरक्षण गर्ने र आफूले पनि अरबौंको भ्रष्टाचार गर्ने, जनताबाट चर्को कर असुलेर मोज मस्ती गर्ने, विरोध गर्नेलाई कारबाहीको विषय बनाउन नियम बनाउने, सामाजिक सञ्चालनबाट उनीहरुको बेइज्जत हुने भएकाले त्यहाँ पनि प्रतिबन्ध लगाउने षड्यन्त्र गर्ने, त्यसको दायरालाई संकुचित बनाउने, कार्य गर्दै आएका थिए ।
निर्मला पन्त बलात्कार हत्याकाण्डको संरक्षण गरेको, वाइडवडी जहाजकाण्ड भ्रष्टाचारीहरुको संरक्षण गरेकोबाट ओली नेतृत्वको सरकार असमझदारी भ्रष्ट्राचारीहरुको संरक्षक सरकार हो भन्न कुरा पुष्टि भएको छ । यो देशका ठूला भ्रष्टचारीहरु राजस्व छलीहरु, तस्करहरुलाई विप्लव नेतृत्वका नेकपाले भौतिक कारबाही गर्न थालेपछि विप्लव नेकपामाथि प्रतिबन्ध लगाउन ओली सरकार उद्यत भएको देखिन्छ । यो कुनै राजनीतिक सवाल होइन । यो देशका ठूला राष्ट्रघाती, राष्ट्रद्रोही, जनघाती, तथा आपराधीहरुको संरक्षण गर्ने निहुँमा विल्लव नेकपामाथि प्रतिबन्धित लगाउन पुगेको छ ।
दोस्रो कारण :
रेशम चौधरीको मुद्दा प्रकरण पश्चात मधेशवादी दलहरुले ओली, सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दुई तिहाईको घमण्ड र अहंकार प्रदर्शन गर्दै आएको ओली र प्रचण्डको सरकारलाई ठूलो धक्का लाग्यो ।
मधेशवादीलाई काउन्टर दिनका लागि यो सरकार अमेरिकाबाट सञ्चालित राष्ट्र विखण्डनकारी सीके राउतलाई साथमा ल्याएर मधेसवादीहरुलाई देखादिनका लागी सीके राउत सित ११ बुँदे सम्झौता गरेर देशद्रोहीको कलंकको टिका लगाउन पुग्यो । यसको देशव्यापी रुपमा व्यापक विरोध र भण्डाफोर हुँदै गएपछि यी सबै कुकार्य र अनैतिकता तथा देशद्रोही कार्यबाट बच्न र जनताको आक्रोशलाई अन्यत्रै मोड्ने उद्देश्यले ‘‘नाङलो ठटाएर हात्ती तर्साउने” भने झै विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर एक क्षणका लागि भए पनि सुखको स्वास फेर्ने मनसायले यो कदम चालिएको प्रष्टै भएको छ ।
प्रतिक्रात्किारीहरुले विप्लव नेकपामाथि प्रतिविम्ब लगाएर नेपालका सम्पूर्ण क्रान्तिकारीहरुलाई तर्साउनको निम्ति हात्तीलाई नाङ्लो ठटाएर झै ठटाउन खोजेको छ ।
तेस्रो कारण :
माथि पनि उल्लेख गरिएको छ कि प्रतिक्रान्तिकारीहरू बढी फाँसीवादी हुन्छन् । सत्तामा पुगेपछि क्रान्तिकारीहरुलाई सखापै पार्ने लक्ष्य हुन्छ उनीहरुसित । जस्तो चीनमा माओसेत्तुङको मृत्यू पछि सत्तामा पुगेका देङप्रति क्रान्तिकै गुटले ग्याङ अफ फोरका चारै जना नेताहरुलाई गिरफ्तार गरेर सखाप पारेको इतिहास विश्वसामु साक्षी छ ।
यहाँ पनि यी प्रतिक्रात्किारीहरुले विप्लव नेकपामाथि प्रतिविम्ब लगाएर नेपालका सम्पूर्ण क्रान्तिकारीहरुलाई तर्साउनको निम्ति हात्तीलाई नाङ्लो ठटाएर झै ठटाउन खोजेको छ । यो ओली प्रचण्ड सरकारको नितान्त गलत र निन्दतीय कार्य हो । यसको भविष्य छैन । जनताले वेलैमा जवाफ दिने छन् ।
(यी लेखकका निजी विचार हुन् )
प्रतिक्रिया