प्रदेश नम्बर दुईमा आज बलिदानी दिवस मनाइँदै « Khabarhub

प्रदेश नम्बर दुईमा आज बलिदानी दिवस मनाइँदै


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश आन्दोलनका शहीदहरुको सम्झनामा आज (माघ ५ गते) प्रदेश नम्बर २ मा बलिदानी दिवस मनाइँदैछ ।

प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको सम्झनामा मधेश केन्द्रित दलले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएका छन् ।

दिवसको अवसरमा प्रदेश २ सरकारले विरगंजमा औपचारिक कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउँदै छ । कार्यक्रममा सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता छ ।

कार्यक्रमको अवसरमा शहीद परिवारलाई सम्मान गरिने छ । बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

गत वर्ष प्रदेश सरकारले सिरहाको लहानमै बलिदानी दिवस कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष विरगंजमा आयोजना गरेको हो ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १२ : ११ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं