प्रदेश नम्बर दुईमा आज बलिदानी दिवस मनाइँदै « Khabarhub

प्रदेश नम्बर दुईमा आज बलिदानी दिवस मनाइँदै


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश आन्दोलनका शहीदहरुको सम्झनामा आज (माघ ५ गते) प्रदेश नम्बर २ मा बलिदानी दिवस मनाइँदैछ ।

प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको सम्झनामा मधेश केन्द्रित दलले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएका छन् ।

दिवसको अवसरमा प्रदेश २ सरकारले विरगंजमा औपचारिक कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउँदै छ । कार्यक्रममा सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता छ ।

कार्यक्रमको अवसरमा शहीद परिवारलाई सम्मान गरिने छ । बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

गत वर्ष प्रदेश सरकारले सिरहाको लहानमै बलिदानी दिवस कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष विरगंजमा आयोजना गरेको हो ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १२ : ११ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि