नियमित त्रिफला सेवन गर्दा पुग्छ फाइदै–फाइदा | Khabarhub Khabarhub

नियमित त्रिफला सेवन गर्दा पुग्छ फाइदै–फाइदा


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

स्वस्थ र दीर्घायु जीवनका लागि अमृत समान औषधि हो त्रिफला । त्रिफला भनेको हर्रो एक भाग, बर्रो दुई भाग र अमला तीन भागको मिश्रणमा बनाइएको आयुर्वेदिक औषधि हो ।

यसलाई ताजा पानीमा बिहान शौच गरेपछि खाली पेटमा दैनिक एकपटक लिनु उपयुक्त हुन्छ । यसको नियमित सेवनले सबैप्रकारका रोगबाट मुक्त हुन सकिने आयुर्वेदिक चिकित्साले जनाएको छ । त्रिफलाले विभिन्न रोगहरुबाट बचाउँछ ।

त्रिफलाले ग्याष्ट्रिक, मधुमेह, कफ, पित्त, छाला तथा आँखा सम्बन्धी रोग, मोटोपनना घटाउन, मानसिक तनाव कम गर्न सहयोग पु¥याउँछ ।

यस्तै पाचन शक्ति बढाउने, कब्जियत हटाउने, प्रजनन स्वस्थ्य तथा महिनावारीको समस्या कम गराउने स्वरमा सुधार ल्याउने र रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग पु¥याउँछ । त्रिफलाको नियमित सेवनले शरीरका सम्पूर्ण विकारहरु निकाल्ने काम गर्छ ।

नियमित त्रिफला सेवनको यस्तो छ फाइदा

–त्रिफला सेवन गरेको एकवर्षभित्रमा तपाईमा आलस्याको समस्या हट्छ । तपाईमा भएको कमजोरी तथा थकानलाईटाढा बनाउछ ।

–त्रिफलाको सेवन दुईवर्ष सम्म नियमित गर्दा सबै प्रकारको रोगबाट मुक्ति मिल्छ ।

–तीनवर्षसम्म नियमित त्रिफलाको प्रयोग गर्दा आँखाको ज्योति राम्रो हुन्छ ।

–चार वर्षसम्म नियमित त्रिफला सेवा गर्दा तपाईको शरीरको सुन्दरता बढ्छ ।

–नियमित पाँच वर्षसम्म त्रिफला सेवन गर्दा बौद्धिक विकास हुन्छ ।

–बाह्र वर्षसम्म नियमित त्रिफलाको सेवन गर्नाले शरीरलाई निकै फाइदा पु¥याउँछ ।

–मानिसको शरीर बलियो हुन्छ । यस्तो वर्षौसम्म नियमित त्रिफला प्रयोग गर्दा कपाल कालो हुने, शरीरमा वृद्धता हटाई जवान देखिने हुन्छ ।

त्रिफला सेवन गर्दा यस्तो कुरामा ध्यान दिनुस्

त्रिफला सेवा गर्दा शरीर र स्वास्थ्यका लागि निकै फाइदाजनक छ । तर त्यसको लागि सहि तरिकाले त्रिफलाको सेवन गर्नुपर्छ । त्रिफला खाली पेटमा सेवा गर्नुपर्छ । त्रिफला सेवन गरेपछि एकघण्टा सम्म केही खानु हुँदैन ।

त्रिफला सेवन गर्दा शुरुवातमा पेट सफा गर्ने भएकाले २,४ दिनसम्म दिनमा दुईपटक सम्म पातलो दिसा आउनस सक्छ । यसमा आत्तिनु हुँदैन ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  २ : ५४ बजे

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ

 काठमाडौं – महोत्तरी लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा

साप्ताहिक अर्थसंक्षेप : गर्भनरलाई गालीको वर्षा, ८१ अंकले घट्यो नेप्से र ८ महिनाको विकास खर्च २३ प्रतिशत

काठमाडौं– अघिल्लो साता सोमबारबाट निरन्तर घटेको शेयर बजारले यो साताको

विद्युत् नियमन आयोग सदस्यद्वारा शपथ

काठमाडौं– विद्युत् नियमन आयोगकी सदस्य भागीरथी भट्टराई ज्ञवालीले शपथग्रहण गरेकी

पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने

काठमाडौं– विगत दुई वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रस्थित अग्निहोतृशाला आगामी

मलंगवामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

मलंगवा– जिल्लाको मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा–४, मा एम्बुलेन्सल ठक्कर दिँदा एक पैदलयात्रीको