विमानस्थलका प्रत्यक्षदर्शीले भने- आस्था राउतकै गल्ती थियो « Khabarhub

विमानस्थलका प्रत्यक्षदर्शीले भने- आस्था राउतकै गल्ती थियो


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत बुधवार त्रिुभवन विमानस्थलमा गायिका आस्था राउतले आफूमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै प्रहरी प्रशासनलाई गाली गरेपछि विवाद उत्पन्न भयो । विमानस्थलमा आस्था राउतको चेकिङ भइरहेको सीसीटीभी फुटेज बाहिरियो । सीसीटीभी फुटेजमा कैद भएका एक प्रत्यक्षदर्शीले उक्त भिडियोबारे बोलेका छन् ।

प्रत्यक्षदर्शी सुमन देउजाले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै आस्था राउतकै गल्ती भएको प्रतिक्रिया दिएका छन् । उनले आस्था राउत र महिला प्रहरी रमिता श्रेष्ठबीच विवाद हुँदा आफू त्यहीँ भएको बताएका छन् ।

सीसीटीभी फुटेज सार्वजनिक भएपछि आफ्ना साथीहरुले म्यासेज गरेर सोधेपछि आफूले यसबारेमा बोलेको बताएका छन् । ‘हो, त्यो भिडियोमा भएको मध्ये म पनि एक हुँ,’ उनले स्टाटसमा भनेका छन् ।

‘मैले भन्न सक्छु, त्यहाँ आस्था राउतको गल्ती थियो, महिला प्रहरीले आफ्नो जागीर गरेकी थिइन् र उनले शतप्रतिशत सही गरेकी थिइन्,’ उनले भनेका छन् ।

आस्था सेलिब्रेटी भए पनि नियम मान्नुपर्ने उनले लेखेका छन् । उनले गायिका आस्थाले ओभररियाक्ट गरेको पनि बताएका छिन् । ‘म ती महिला प्रहरीले राम्रोसँग आफ्नो भूमिका निभाएकोमा सम्मान गर्छु,’ उनले भनेका छन् ।

गत बुधवार आस्था राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीले अपमानजनक व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले सामाजिक सञ्जाल फेसबूकमा लाइभ आएर प्रहरी प्रशासन र ती महिला प्रहरीलाई अपाच्य शब्दसमेत प्रयोग गर्दै गाली गरेकी थिइन् ।

आस्थाले आफू हिंसामा परेको बताएपछि प्रहरीले सीसीटीभी फुटेज लिक गराएको थियो । सामाजिक सञ्जालमा विरोध भएपछि आस्थाले पुन: लाइभ आएर आफू हिंसामा परेको दोहोर्‍याएकी थिइन् ।

प्रहरीले उनीमाथि अभद्र व्यवहारमा जाहेरी दर्ता गराएर आस्थाको खोजी गरेको छ । आस्था सम्पर्कविहीन छिन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १ : ४८ बजे

प्रधानमन्त्रीको फेसबुक पोस्टले होइन, कानुनी प्रक्रियाले कर हटोस् : रविकिरण

काठमाडौं– जेन-जी आन्दोलनका नेता रविकिरण हमालले सामाजिक सञ्जालमार्फत शिक्षा र

प्रदेश सरकार बनाउन तीन दलको तानातान, प्रचण्ड निर्णायक, ओलीमाथि सबै सशंकित

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको एउटा

विगत दश वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भए : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगत १० वर्षमा सत्ता

हङकङबाट देउवाको ५ बुँदे व्याख्या : सरकारप्रति आक्रमक, प्रतिपक्षी दलहरू एक ठाउँ उभिनुपर्ने जिकिर

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले हङकबाट राजनीतिक सन्देश जारी

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चालु आर्थिक वर्षदेखि शिक्षा र