कांग्रेसले बुझायो सीडीओेमार्फत सरकारलाई देशभरबाट विरोधपत्र « Khabarhub

कांग्रेसले बुझायो सीडीओेमार्फत सरकारलाई देशभरबाट विरोधपत्र


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि र विशेष सेवा विधेयक सच्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । कांग्रेसले विरोध प्रदर्शन गर्दै सरकारलाई देशभरबाट विरोधपत्र समेतपठाएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विरोधपत्र बुझाएका हुन् ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने नियतले विधेयक आएको हुँदा त्यसको विरोध स्वरुप ज्ञापनपत्र बुझाइएको हो ।

पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकाल्दै ७७ जिल्ला प्रशासन कार्यालयमार्फत सच्याउन माग गर्दै पुस २८ गते सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।

यसैक्रममा काठमाडौं सहित देशका सबै जिल्लामा कांग्रेसका नेता कार्यकर्ताले विरोध प्रदर्शन गर्दै विरोधपत्र पठाएका हुन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ४ : ३८ बजे

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई