आणविक निशस्त्रीकरणका विषयमा छलफल गर्न कोरियाली प्रतिनिधि अमेरिका प्रस्थान | Khabarhub Khabarhub

आणविक निशस्त्रीकरणका विषयमा छलफल गर्न कोरियाली प्रतिनिधि अमेरिका प्रस्थान


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– दक्षिण कोरियाका एकजना उच्च अधिकारी उत्तर कोरियाको आणविक निशस्त्रीकरण प्रक्रियाबारे छलफल गर्न अमेरिका प्रस्थान गरेका छन् ।

उत्तर कोरियाको आणविक निशस्त्रीकरणबारे अमेरिकी अधिकारीसँग प्रत्यक्ष वार्ता गर्नका लागि दक्षिण कोरियाली विदेशमन्त्रालय अन्तर्गतको शान्ति सम्बन्धी महानिर्देशक रि डोङ योल अमेरिका प्रस्थान गरेका हुन् ।

उनले उत्तर कोरियाको आणविक निशस्त्रीकरणका सम्बन्धमा उत्तर कोरियाका लागि विशेष अमेरिकी प्रतिनिधि एलेक्स वोङसँग छलफल गर्ने कार्यक्रम छ । त्यस छलफलका क्रममा दक्षिण कोरिया तथा अमेरिकाका उत्तर कोरियाली मामिलासँग सम्बन्धित वरिष्ठ पदाधिकारी पनि सहभागि रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अघिल्लो महिना उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियनामको राजधानी हनोईमा भएको दोश्रो शिखर वार्ता बिना निष्कर्ष टुङ्गिएपछि दक्षिण कोरियाली तथा अमेरिकी वरिष्ठ अधिकारीबीच हुन लागेको यो पहिलो छलफल हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ९ : ४० बजे

माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु

आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड)

दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

कास्की – जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ