खेतको डिलमा फेला पर्‍यो ३ वर्ष अगाडि हराएको चन्दननाथ मन्दिरको मूर्ति « Khabarhub

खेतको डिलमा फेला पर्‍यो ३ वर्ष अगाडि हराएको चन्दननाथ मन्दिरको मूर्ति


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

खलंगा– जुम्ला सदरमुकाम (खलंगा)स्थित चन्दननाथ मन्दिरबाट हराएको दत्तात्रयको मूर्ति ३ वर्षपछि फेला परेको छ ।

२०७३ सालको मंसिर महिनामा मन्दिरबाटै हराएको दत्तात्रको मूर्ति खेतको डिलमा फेला परेको प्रमुख जिल्ला अधिकारी दूर्गा बञ्जाडेले जानकारी दिइन् ।

चन्दननाथ मन्दिरबाट ११ मंसिर २०७३ मा दत्तात्रेय भगवानसहित अरु स–सना गरी १४ वटा मूर्ति हराएका थिए ।

स्थानीयले मन्दिरबाट मूर्ति चोरी भएको जनाएका थिए । मन्दिरबाट हराएका मूर्तिको खोजीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको टोली समेत परिचालन गरिएको थियो ।

तर, हराएको ३ वर्ष पछि चन्दननाथ नगरपालिका–१ दानसाँघुस्थित खेतमा मूर्ति फेला परेको हो ।

खेतको डिलमा मूर्ति भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मूर्ति फेला परेको सूचना पछि जिल्ला प्रशासन कार्यालयसहित प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो ।

अहिले मूर्तिलाई प्रशासनमा ल्याएर सुरक्षित राखिएको प्रजिअ बञ्जाडेले जानकारी दिइन् ।

पत्रकार सम्मेलन गरी सार्वजनिक गरिए पछि मूर्तिलाई पुनः चन्दननाथ मन्दिरमा राखिने जनाइएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १ : ०६ बजे

इरान–अमेरिका तनावबीच रुस पुगे अब्बास

एजेन्सी– इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक प्रयास

आज पनि भत्काउँदै मनोहराको सुकुम्वासी बस्ती (तस्बिरहरू)

काठमाडौं– मनोहरा सुकुम्वासी बस्तीका बाँकी घरहरू आज बिहानैदेखि डोजर प्रयोग

सुर्खेतमा सम्पन्न भयो चौथो कर्णाली चलचित्र कार्यशाला 

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विगत ६ दिनदेखि सञ्चालन भइरहेको

शहीदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

बागलुङ– बागलुङको ताराखोला जोड्न शहीदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा

सात वर्षीय बालकले राखे कीर्तिमान

पोखरा– ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति खोज्छ’