धुलिखेल–बर्दिवास सडकमा ‘पासिङ जोन’ निर्माण गरिने | Khabarhub Khabarhub

धुलिखेल–बर्दिवास सडकमा ‘पासिङ जोन’ निर्माण गरिने


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धुलिखेल–बर्दिवास सडकखण्डमा सवारी साधन केही समय राख्न र रोक्न (पासिङ जोन ) निर्माण गरिने भएको छ ।

एक लेन चौडाइको सो सडकमा एउटा सवारीसाधन बिगँ्रदा अथवा राकिएर रहँदा सवारीसाधन आगमन ठप्प हुने अवस्थालाई अन्त्य गर्ने ठाउँ ठाउँमा पासिङ जोन निर्माण गर्न लागिएको हो ।

एक सय ६० किमि सडकमा चार पाँच सय मिटरको दूरीमा जोन निर्माण गर्ने गरी योजना बनाइएको आयोजना व्यवस्थापक सूर्यबहादुर भाटले जानकारी दिए । उहाँका अनुसार चार खण्डमा विभाजित सडकमा सबैभन्दा साँघुरो भागका रुपमा खुर्काेट–नेपालथोक रहेको छ । उनले भने, “चौडाइ बढी भएकोभन्दा कम चौडाइको सडकमा बढी आवश्यक देखिएको छ ।”

साँघुरो सडकमा पछिल्लो समय सवारी चाप बढिरहेको हुँदा यसको विकल्पको खोजी शुरु गरिएको हो । बिसाउन र रोक्न मिल्ने स्थान भएकैमा सवारीसाधनले उछिन्ने पनि गर्न सक्छन् । सडक विस्तारको तयारी अघि बढिरहँदा ‘जोन’ पनि तयारी भएको हो । आयोजना व्यवस्थापक भाटले भने, “सडकको बढी साँघुरा स्थानमा जोन निर्माणको योजना बनाइएको हो ।”

सडक विभागले अन्य राजमार्गमा पनि पासिङ जोन निर्माण गर्दै जाने नीति बनाएको छ । निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा पनि बिसाउन र रोक्न मिल्ने स्थानसमेत डिजाइनमा छ ।

मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्ने र एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक टर्नेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ३ : ०७ बजे

संवैधानिक परिषद्लाई बहुमतले निर्णय गर्न दिनुपर्छ : कृष्ण सिटौला

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक परिषद् बहुमतले निर्णय

बागलुङमा सडक बनाउन आर्थिक सहयोग अभियान

गण्डकी– सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३

म्याग्दी निस्कोटका १२५ घरपरिवारमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटमा ‘एक घर, एक धारा’सहितको

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

कर्णाली– घरमा राखिएको खाटको खुट्टा प्रहार गरी श्रीमतीको हत्या गरेको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको