भारतीय वुमन्स लिग खेल्न सावित्रा र अनिता भारत प्रस्थान « Khabarhub

भारतीय वुमन्स लिग खेल्न सावित्रा र अनिता भारत प्रस्थान


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्टार खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय वुमन्स आई लिग खेल्न भारत प्रस्थान गरेका छन् ।

सावित्रा र अनिता मंगलबार भारत प्रस्थान गरेका हुन् । यी दुवै खेलाडीले अघिल्लो बर्षको आई लिग पनि खेलेका थिए। अघिल्लो बर्ष सेथु एफसीबाट दुवै खेलाडीले खेलेका थिए भने यो बर्ष सावित्राले क्लब परिवर्तन गरेकि छन्।

यस सिजनको लिग सावित्राले गोकुलम केरलाबाट खेल्न लागेको खबरहबसँग बताइन् । गोकुलमले राम्रो प्रस्ताव ल्याएपछि आफूले क्लब परिवर्तन गरेको सावित्राले बताइन्।

घरेलु टिम एपीएफ क्लबबाट खेल्ने यी खेलाडी आई लिगमा भने एक अर्काको विरुद्व खेल्ने छन् ।

‘अनितासँग मेरो राम्रो कम्बिनेसन हुँदै आएको थियो । नेपालका लागि र एपीएफमा हुँदा राम्रो हुन्थ्यो । म उसलाई मिस गर्छु’,सावित्राले भनिन्।

अघिल्लो बर्ष सेथु एफसी च्याम्पियन बनेको थियो।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ४ : ५० बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको