चार लाभग्राहीले फिर्ता गरे भूकम्पको किस्ता रकम « Khabarhub

चार लाभग्राहीले फिर्ता गरे भूकम्पको किस्ता रकम


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गोरखा भूकम्पबाट घर क्षति भई पुनःनिर्माणको सूचिमा परेका तनहुँका चार लाभग्राहीले किस्ता रकम फिर्ता गरेका छन् ।

घर पुनःनिर्माणका लागि पहिलो, दोस्रो र तेस्रो किस्ता लिएका चार लाभग्राहीले रकम फिर्ता गरेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ तनहुँले जनाएको छ ।

पहिलो किस्ता लिने तीन जना र तीनवटै किस्ता लिने एक गरी चार जना लाभग्राहीले सम्झौताबापतको किस्ता रकम फिर्ता गरेको इकाइ प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।

उनकाअनुसार पहिलो किस्ता लिनेबाट रु एक लाख ५० हजार र तीनवटै किस्ता लिनेबाट रु तीन लाख गरी रु चार लाख ५० हजार फिर्ता भएको छ । भानु नगरपालिकाका दुई र म्याग्दे र ऋषिङ गाउँपालिकाका एक÷एक लाभग्राहीले रकम फिर्ता गरेका हुन् ।

“घर पुनःनिर्माणका लागि सम्झौता गरी रकम लिएका लाभग्राहीको अन्यत्र पनि घर भएको हुनसक्छ, एक भन्दा बढी घर भएको व्यक्तिले भूकम्पको किस्ता लिन पाउँदैन,” उनले भने , “उक्त कुरा थाहा पाएपछि जानकारीमा आएर कारवाहीमा पर्ने डरले रकम फिर्ता गरेको हुनसक्छ ।”

उनका अनुसार एक लाभग्राहीले भने अर्कैको घर देखाएर पहिलो किस्ता लिएका थिए । पछि प्राविधिकको अनुगमनपछि ती लाभग्राहीले किस्ता फिर्ता गरेको उनले जानकारी दिए ।

जिल्लामा ४२ प्रतिशत निजी आवास निर्माण सकिएको छ । तनहुँमा पूर्णतर्फ १३ हजार ९४६ र आंशिकतर्फ एक हजार १८५ गरी कूल १५ हजार १३१ लाभग्राही रहेकामा गत पुस ११ गतेसम्म ६ हजार ४६९ निजी आवास पुनःनिर्माण सकिएको एकाइले जनाएको छ ।

ब्यास नगरपालिकाका दुई हजार ३७४ लाभग्राहीमध्ये एक हजार ५३, भानु नगरपालिकाका चार हजार ५९९ मध्ये दुई हजार १९१, बन्दीपुर गाउँपालिकाका एक हजार ६४ मध्ये ४८६, आँबुखैरेनी गाउँपालिकाका ८९२ मध्ये ४५५, देवघाट गाउँपालिकाका ६४८ मध्ये २२६, घिरिङ गाउँपालिकाका तीन सय ६ मध्ये १२२, भिमाद नगरपालिकाका एक हजार २९६ मध्ये ३६२, म्याग्दे गाउँपालिकाका एक हजार ३९५ मध्ये ६०७, शुक्लागण्डकी नगरपालिकाका एक हजार ९३९ मध्ये ७३७ र ऋषिङ गाउँपालिकाका ६१८ लाभग्राहीमध्ये २३० जनाले निजी आवास निर्माण सम्पन्न गरेको छ ।

जिल्लाका आठ हजार ३२४ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण गरिएकोमा ८४४ लाभग्राही थपिएका थिए । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोका आधारमा जिल्लामा गत वैशाख १९ गतेदेखि छुट तथा पुनःजाँच सर्वेक्षण गरिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ५ : ०३ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको