धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, घाइते ११ जनालाई काठमाडौं ल्याइयो « Khabarhub

धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, घाइते ११ जनालाई काठमाडौं ल्याइयो


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङको मैदी भञ्ज्याङमा आज अपराह्न भएको मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते ११ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरु उपचारपछि घर फर्किएका छन् ।

मंगलबार अपराह्न ग–१ ख ८०१२ नम्बरको मिनी ट्रक नीलकण्ठ नगरपालिका–८ मैदी भञ्ज्याङमा दुर्घटना भएको थियो ।

नीलकण्ठ नगरपालिका– १ भुलभुलेबाट ढोला मण्डलीमा पूजा गर्न गई फर्किने क्रममा उक्त ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो। मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ७ : २१ बजे

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक