कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित भयो : मन्त्री ढकाल « Khabarhub

कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित भयो : मन्त्री ढकाल


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित बनेको बताएका छन् ।

आज बैतडीको पाटन नगरपालिका–८ स्थित खोडपेमा नवनिर्मित सिद्धेश्वर स्वास्थ्यचौकी भवन उद्घाटन समारोहमा उनले समायोजनले गर्दा अहिले विभिन्न स्वास्थ्य संस्थाहरुमा कर्मचारी अभाव भएको बताए ।

‘स्वास्थ्यका कर्मचारी अभावप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘समायोजन प्रक्रिया चाँडै टुङ्गिने र स्वास्थ्यका कर्मचारी अभाव रहने छैन, त्यसका लागि सरकार लागिपरेको छ।’

मन्त्री ढकालले स्वास्थ्यका उपकरण कमी रहेकाले परिपूर्ति गर्न आफू लागिपरेको बताए ।

‘सरकारले नागरिकका आधारभूत आवश्यकतामध्येको स्वास्थ्यका लागि लागिपरेको छ’, उनले भने, ‘नागरिकको स्वास्थ्य सेवाप्रति सरकार गम्भिर छ, जनशक्ति थप गरेर भए पनि स्वास्थ्य सेवा घरदैलोमै पुगाउँछौँ ।’

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ९ : १० बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को