नवनियुक्त राज्यमन्त्रीलाई स्वागत | Khabarhub Khabarhub

नवनियुक्त राज्यमन्त्रीलाई स्वागत


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ कमिटीले नवनियुक्त राज्यमन्त्रीलाई आज पार्टी कार्यालय विराटनगर–११ पाञ्चालीमा स्वागत गरेको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतको उपस्थितमा राज्यमन्त्रीहरुलाई पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका सदस्यहरुले बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

सो अवसरमा पार्टीका प्रदेश अध्यक्ष देवराज घिमिरेले पार्टीको सहमतिमा विस्तार गरिएको मन्त्रिमण्डलका सदस्यहरुले सङ्गठनको दायित्व निर्वाह गर्दै जनताको समृद्धको चाहना पूरा गर्न सफलता प्राप्त हुने शुभकामना दिए ।

राज्यमन्त्रीहरुका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सुशासनसहित पार्टीको जिम्मेवारीलाई पूरा गर्दै जनताको चाहनालाई तल्लो तहसम्म पुगी सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

पार्टी प्रदेश सचिव सुरेशकुमार राईले पार्टी र सरकारबीच समन्वय गर्न मन्त्रीहरुलाई सफलता प्राप्त हुने शुभकाना दिए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १० : ३० बजे

किएभमा आक्रमणबीच रूस-युक्रेन कैदी आदान–प्रदान

एजेन्सी– युक्रेनको राजधानी किएभमा शनिबार भएको ड्रोन र मिसाइल आक्रमणमा

नेताहरूले गरेको योगदानलाई जनतासामु लैजान जरुरी : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका नेताहरूले

मुगुको विकट गाउँ पुलुमा ‘हेलिप्याड’

मुगु– यहाँको विकट क्षेत्र मानिने मुगूम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र पुलुमा

जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित

जुम्ला– यहाँका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा भएका छन्

पर्यटकीय सम्भावना बोकेको ‘चमेरे गुफा’ ओझेलमा

फिक्कल– पर्यटनको सम्भावना रहेको यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा