आज मौसम सफा रहने, तीन दिनको अवस्था कस्तो छ ? « Khabarhub

आज मौसम सफा रहने, तीन दिनको अवस्था कस्तो छ ?


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहेको जनाएको छ । आज विहान ६ बजे मौसम सम्बन्धी जानकारी दिँदै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको हो ।

महाशाखाले वर्षा र हिमपातको सम्भावना नभए पनि तराई भू-भागका अधिकांश स्थान लगायत पहाडी भू-भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ८ गते (बुधबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातिः मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

माघ ९ गते (बिहिबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा पुर्वी तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातिः देशको पुर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १० गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु आम सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ६ : ४५ बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।