बाँदर आतंकले बसाई सर्नुपर्ने बाध्यता « Khabarhub

बाँदर आतंकले बसाई सर्नुपर्ने बाध्यता


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- बाँदरको आतंकले कास्कीको मादी गाउँपालिकाका स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

बाँदरले लगातार अन्नबालीमा नोक्सानी पुर्‍याउँदा गाउँ नै छाडेर हिँड्नुपर्ने अवस्था आएको स्थानीय प्रकाश दाहालले बताए ।

स्थानीयले गाउँको बीचमा भएको खेती मात्र जोगाउन सकेको र अन्य स्थानको खेती जोगाउन नसकेर हैरान परेको गुनासो गरेका छन् ।

दाहालले भने, ‘बाँदर आतंकले आजित भइसकियो । अब बसाइँ सराइ गर्नुबाहेक विकल्प छैन् ।’

घरमा भित्र रहेको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमै भित्रै पसेरसमेत खान थालेपछि आफूले गाउँ नै छाडेर तराईतिर बसाईं सरेको दाहालले बताए ।

बाँदर आतङ्कले गर्दा उत्पादन गर्न नपाएपछि बाँच्ने विकल्प नभएपछि दाहाल बसाइँ सराइ सर्न बाध्य भएको पीडा सुनाए ।

‘उत्पादन गर्न खोज्यो, फूल लाग्दै गर्दा बाँदरले बोट उखाल्न थाल्छन् अनि कसरी उत्पादन हुन्छ ?’ मादी गाउँपालिका–१२ का वडा अध्यक्ष चित्रबहादुर गुरुङले भने, ‘बाँदरका कारण ५०० रोपनी जग्गा बाँझो भइरहेको छ । कानूनले बाँदर मार्न पाइँदैन, बाँदरले हामीलाई बाँच्न दिएन । अब सबै गाउँले मिलेर हेरालु राख्ने अभियान चलाउने सोच बनाएका छौँ ।’

बाँदरले नखाने भनेको जमिनमुनिको अदुवा र हलेदो हो । सबैले त्यही बाली लगाउन पनि सकिँदैन । अन्न नलगाएर के खाने ? गुरुङले प्रश्न गरे ।

बाँदरका कारण कास्कीको अर्को गाउँपालिका अन्नपूर्णमा पनि समस्या त्यस्तै छ । बादर आतङ्क राज्यकै समस्या बनेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरको भनाइ छ । वनजङ्गलमा खानेकुरा नपाएपछि बाँदर बस्ती पस्न शुरु गरेको र घरभित्र पसेर खानेकुरा खाने गरेको गुनासो गर्दै कुँवरले युवा सहर पस्ने, वैदेशिक रोजगारमा जाने भएकाले यस्तो समस्या आएको बताए ।

रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आफ्नो क्षेत्रमा बाँदर प्रतिस्थापन गर्ने भन्दै १० लाख रुपियाँ बजेट छुट्याएको र यसले बाँदर आतङ्क केही हदसम्म न्यूनीकरण भएको बताए ।

बाँदरका कारण कास्कीका चारवटै गाउँपालिकाका बासिन्दा प्रभावित भएकाले पीडित किसानको मागअनुसार बजेट व्यवस्था गरेर बाँदर नियन्त्रणका लागि आफ्नो गाउँपालिकामा धेरै काम गरिएको ओझाको भनाइ छ ।

गाउँपालिकाभित्रका बाँदर समातेर राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्रमा लैजाने योजनाका लागि बजेट विनियोजन गरिएको हो । स्थानीयको मुख्य पेसा नै कृषि भएकाले यसको व्यवसायीकरण आवश्यक रहेको तर बाँदरबाट बर्सेनि कृषि उपज नष्ट गर्ने कारण समस्या भएको उनले बताए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ७ : ३९ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को