इन्टरपोलका पूर्वप्रमुखलाई चिनियाँ अदालतले सुनायो साढे १३ वर्षको जेल सजाय « Khabarhub

इन्टरपोलका पूर्वप्रमुखलाई चिनियाँ अदालतले सुनायो साढे १३ वर्षको जेल सजाय


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका पूवर्प्रमुख मेङ होङ्वेलाई एक चिनियाँ अदालतले जेल सजाय सुनाएको छ ।

भ्रष्टाचारको आरोप लागेका होङ्वेलाई १३ वर्ष ६ महिनाको जेलसजाय सुनाइएको हो ।

होङ्वे इन्टरपोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए । सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए ।

भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिनपिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।

उनले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको स्वीकार गरेका छन् । तान्जिन नं. वान पिपल्स कोर्टले ५६ वर्षीय होङ्वेलाई २० लाख युवान जरिवाना तिर्न पनि आदेश दिएको छ ।

अदालतका अनुसार मङले फैसलाविरुद्ध पुनरावेदन नगर्ने बताएका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सबाट सन् २०१८ को सेप्टेम्बरमा चीन गएका उनी बेपत्ता भएका थिए ।

इन्टरपोल प्रमुखका रूपमा उनको कार्यकाल सन् २०२० सम्म थियो । तर उनी हराएको भनेर उनकी श्रीमतीले बताएको केही दिनपछि उनले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ८ : ०२ बजे

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी