विप्लव समूहको बन्द आह्वान : काठमाडाैंमा आंशिक प्रभाव | Khabarhub Khabarhub

विप्लव समूहको बन्द आह्वान : काठमाडाैंमा आंशिक प्रभाव


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज (बिहीबार) आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी उपत्यकामा न्यून देखिएको छ । बिहानै सँधैझै निर्वाध रुपमा सवारी साधन सञ्चालनमा आएका छन् । विप्लव समूहले आह्वान गरेको बन्दलाई निस्प्रभावी बनाउन राजधानीको सुरक्षा व्यवस्था उच्च बनाइएको छ । मुख्यमुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् ।

पछिल्लो समय विप्लव समूहले विभिन्न ठाउँमा गरेको विष्फोट तथा सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्धका कारण यो पार्टीले आह्वान गरेको बन्दको असर विद्यालयहरुमा भने देखिएको छ । शिक्षक तथा विद्यालय प्रशासनले अवस्था बुझेर विद्यालय आउनु भन्ने सन्देश विद्यार्थीलाई दिएपछि विद्यार्थी अन्यौलमा परेका छन् ।

केही विद्यालयले भने विद्यार्थीलाई छुट्टी नै दिएका छन् । तर, प्रहरीले भने सुरक्षा व्यवस्था मजबुद बनाउने दाबी गरेको छ । सर्वसाधारण नभई बन्दकर्ता डराउनुपर्ने अवस्थाको सिर्जना हुने गरी सुरक्षा व्यवस्था मजबुद बनाइने काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्तकुमार लामाले बताए ।

सुरक्षार्थ सडकमा खटिएका प्रहरीहरुले पनि अहिलेसम्म कही कुनै अवरोधको घटना नसुनेको र स्थिति सामान्य रहेको बताएका छन् । बिहानै सडकमा हिँड्ने शंकास्पद व्यक्तिहरुसँग सोधपुछ गरेको प्रहरीले राजधानीको सुरक्षा व्यवस्था मजबुद रहेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिबन्ध गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध विप्लव नेकपाको वक्तव्य सार्वजनिक

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ६ : १९ बजे

काठमाडौं महानगरले थाल्यो सहकारीको अनुगमन

काठमाडौं – काठमाडौं महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाहरूको नियमित र

पहलगाम आक्रमणप्रति राप्रपाद्वारा दुःख व्यक्त

काठमाडौं – भारतको काश्मिरको पाहलगममा भएको आतङ्ककारी आक्रमणप्रति राष्ट्रिय प्रजातन्त्र

पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार : अर्थमन्त्री

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च गर्ने

तीनकुने घटना : प्रसाईं र मिश्रसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपा नेता रवीन्द्र