नोना कोइराला स्मृति प्रतिस्ठानको भवन बनाउन जापान सरकारको सहयोग « Khabarhub

नोना कोइराला स्मृति प्रतिस्ठानको भवन बनाउन जापान सरकारको सहयोग


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरस्थित नोना कोइराला स्मृति प्रतिस्ठानको भवन निर्माणका लागि जापान सरकारले सहयोग गरेको छ ।

प्रतिस्ठानको भवन निर्माणका लागि आज जापान र नेपालबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपालका लागी जापानीज राजदुत साईगो मसमिची र प्रतिष्ठानका अध्यक्ष डा.नारायण कुमारले हस्ताक्षर गरेका छन् ।

सहयोग सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी प्रतिष्ठानका संरक्षक कांग्रेस नेता डा.शेखर कोइरालाले नेपालको लोकतन्त्र र विकासमा जापानले पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

सम्झौता हस्ताक्षर कार्यक्रममा पुनम कोइराला, कांग्रेस प्रदेश नं-१ का प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरका मेयर भीम पराजुली, डा.ममता कायस्थ नेहा कोइरालालगायतको उपस्थिति थियो ।

आधारभुत स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा आकस्मिक आवास प्रयोजनका लागी निर्माण गरिने प्रतिष्ठानको अत्याधुनिक भवनका लागि जापान सरकारले एक करोड २१ लाख सहयोग गरेको छ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ९ : ४२ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको