यी हुन् बालबालिकामा देखिने निमोनियाका लक्षण, यसरी जोगाउनुस् « Khabarhub

यी हुन् बालबालिकामा देखिने निमोनियाका लक्षण, यसरी जोगाउनुस्


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

निमोनिया फोक्सोमा हुने रोग हो । जसमा फोक्सोमा रहेका हावा भरिने थैलीहरुमा संक्रमणका कारण पानी र पिप जम्मा हुन्छ ।

निमोनियाकाे संक्रमण विभिन्न जिवाणु, विषाणु र ढुसी, परजीवी र कहिलेकाँही खानेकुरा वा पानी लगायत तरल पदार्थ फोक्सोमा पुगेर पनि हुन्छ । बालबालिका रोगसँग लड्न सक्ने क्षमता कमजोर हुने हुँदा निमोनियाको असर अझ गम्भीर रुपमा देखिन सक्छ ।

बालबालिकाहरुको नाक, घाँटी र वातावरणमा रहेका सूक्ष्म जिवाणु र विषाणुहरु सास फेर्दा वा अन्य कुनै माध्यमबाट फोक्सोमा पुग्यो भने फोक्सोको संक्रमण हुन सक्छ । खोक्दा वा हाछ्यु गर्दा पनि हावाको माध्यमबाट फोक्सोमा पुगी संक्रमण हुने सम्भावना रहन्छ ।

निमोनिया हुँदा देखिने लक्षण

–ज्वरो आउने,

–श्वासप्रश्वास दर बढ्ने,

–खोकी लाग्ने,

–छातीको तल्लो भागमा रहेका मांसपेशी भित्र पस्ने,

–श्वास फेर्न कठिन हुने,

–स–साना बालबालिकाहरुले आमाको दुध नचुस्ने,

– खानेकुरा खाने ।

निमोनियाबाट कसरी जोगाउने बालबालिका

– बालबालिकालाई जन्मेदेखि १५ महिनाको उमेर भित्र दिइने खोप लगाईयो भने निमोनियाबाट जोगाउन सकिन्छ,

–पर्याप्त मात्राको पोषणले बालबालिकाहरुको रोगसंग लड्न सक्ने क्षमतामा बृद्धि गर्दछ । बालबालिकालाई आमाको दूध र थप आहार प्रसस्त खुवाउनुपछ,

–धुवाँ, धूलो र चिसोबाट बालबालिकालाई सधै सुरक्षित राख्नुपछ,

–बालबालिकाहरुलाई एलर्जी गराउने पदार्थहरु जस्तै परागका कणहरु, शरीरमा छर्कने सुगन्धित बास्नाहरु आदिबाट जोगाउनुपर्छ,

–बालबालिकाको सरसफाइमा ध्यान दिनुपर्छ,

–सुरक्षित गर्भजाँच र प्रसूति सेवामा ध्यान दिनुपर्छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १ : ५५ बजे

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की – पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका