मेडिसिटी अस्पतालमा अत्याधुनिक बाल सघन उपचार केन्द्र सञ्चालनमा | Khabarhub Khabarhub

मेडिसिटी अस्पतालमा अत्याधुनिक बाल सघन उपचार केन्द्र सञ्चालनमा


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल मेडिसिटी अस्पतालको बाल सघन उपचार केन्द्र अर्थात् पीआइसीयूको बुधबार उद्घाटन गरिएको छ ।

२४सै घण्टा सञ्चालनमा रहने बालबालिकाकै लागि समर्पित सघन उपचार केन्द्रको अस्पतालका चिकित्सकहरुले रिबन काटेर उद्घाटन गरे ।

अन्तर्राष्ट्रिय उपचार मापदण्ड अनुसार अहिलेको जनसंख्यालाई मध्यनजर गर्ने हो भने पीआईसीयू को धेरै महत्व भएका कारण नेपाल मेडिसिटी अस्पतालले यस किसिमको बाल सघन उपचार कक्षको सञ्चालनमा जोड दिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिए ।

बालरोग विशेषज्ञ चिकित्सकहरुको निगरानीमा रहि उपचार गरिने समर्पित सघन कक्षले बालबालिकाको उपचारमा थप टेवा पुग्ने अपेक्षा राखिएको बालरोग विशेषज्ञ डा. आन्या शर्माले बताइन् ।

माघ ८ गते बुधबार बाट शुभारम्भ भएको पीआईसीयूमा हालका लागि १० बेडको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १२ : ३९ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख