नेपालबाट भारत तस्करी गर्न लागिएका गाई–गोरु प्रहरीको नियन्त्रणमा « Khabarhub

नेपालबाट भारत तस्करी गर्न लागिएका गाई–गोरु प्रहरीको नियन्त्रणमा


९ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको भद्रपुरअन्तर्गत २ भिन्न स्थान बाट प्रहरीले १८ गाई–गोरु नियन्त्रणमा लिएको छ । नेपालबाट अवैधरुपमा भारत लैजान लागिएको अवस्थामा ती गाई–गोरु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधबार राति भद्रपुर–४ स्थित रङ्गेडाँडाबाट वैधरुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको तीन वटा गोरु र पाँच वटा गाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै, प्रहरीले भद्रपुर–३ स्थित ७ नम्बर पिलरबाट अवैधरुपमा भारततर्फ लाँदै गरेको गोरु नियन्त्रणमा लिएको छ । प्रहरीचौकी किच्चकबधबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा आठ गोरु नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहिबार  १ : २२ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर