राष्ट्रिय सभा निर्वाचनमा ८० प्रतिशतसम्म मतदान, बिहीबार नै मतगणना हुने | Khabarhub Khabarhub

राष्ट्रिय सभा निर्वाचनमा ८० प्रतिशतसम्म मतदान, बिहीबार नै मतगणना हुने


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका ७ वटै प्रदेशमा अहिले मतदान जारी छ । जसअन्तर्गत दिउँसो १ बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ ।

सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, बाग्मतीको ललितपुर, गण्डकीको कास्की, प्रदेश ५ को दाङ, कर्णालीकाे सुर्खेत र सुदूरपश्चिमको डोटीमा निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि मतदान केन्द्र तोकिएका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख १ हजार ५ सय ६ गरी कूल २ हजार ५६ मतदाता छन् । निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । मतदान सकिनासाथ राजनीतिक दलको सहमतिमा मतगणना कार्य प्रारम्भ हुने छ । सम्भवत: बिहीबार राति नै सातै प्रदेशबाट निर्वाचनको नतिजा प्राप्त हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

यसैबीच, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तद्वय नरेन्द्र दाहाल र इश्वरीप्रसाद पौड्यालले वाग्मती प्रदेशको ललितपुर नगरपालिका–४ स्थित वडासमितिको भवन परिसरमा कायम गरिएको मतदान केन्द्रमा भइरहेको मतदानको निरीक्षण गरेका छन् । उक्त मतदान केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ २३८ मतदाता कायम छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १ : ३९ बजे

सिमकोट छिट्टै राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा

राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते 

चितवन– पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अतिलोपोन्मुख वनकरिया केराको पातको

मानव-हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जनाको मृत्यु

बनियानी– झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु