गोष्ठीमा सहभागी हुन भनेर अमेरिका पुगेकी उपमेयर उतै ‘बेपत्ता’ « Khabarhub

गोष्ठीमा सहभागी हुन भनेर अमेरिका पुगेकी उपमेयर उतै ‘बेपत्ता’


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोष्ठीमा सहभागी हुन भनेर गत कात्तिकमा अमेरिका पुगेकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर उतै ‘लुकेकी’ छन् ।

तिलागुफा नगरपालिकाकी उप्रप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) अमेरिकामै लुकेकी हुन् ।

नेपाल नगरपालिका संघमार्फत एउटा गोष्ठीमा सहभागी हुन भनेर उपमेयर दर्शना गत कात्तिकमा अमेरिका पुगेकी थिइन् ।

अमेरिका पुगेकी दर्शना केही समयसम्म सामाजिक सञ्जाल मार्फत नगरपालिकाका प्रमुख (मेयर) रत्नबहादुर बाहीसँग सम्पर्कमा थिइन् । तर, पछिल्लो १ महिनाभन्दा बढी समयदेखि उनी सम्पर्कविहीन भएकी मेयर शाहीले जानकारी दिए ।

‘शुरुमा म्यासेन्टरमार्फत उहाँ (दर्शना)सँग कुरा भइरहन्थ्यो,’ मेयर शाहीले भने, ‘तर, मंसिरको दोस्रो साता यतादेखि भने कुरा भएको छैन ।’

नगरपालिकाका कर्मचारीहरुले भने मेयर दर्शना अमेरिकामै लुकेको चर्चा गर्न थालेका छन् । तर, मेयर शाही भने दर्शना उतै लुकेको हो या कुनै समस्यामा परेको हो भन्ने विषयमा अहिले नै केही भन्न नसकिने बताउँछन् ।

‘उहाँसँग मंसिर दोस्रो सातातिर कुरा हुँदा बिरामी छु भन्नुभएको थियो । उपचार सकिएपछि नेपाल फर्किन्छु भन्नुहुन्थ्यो,’ शाहीले सुनाए, ‘तर, १ महिनाभन्दा बढी भइसक्यो, उहाँसँग सम्पर्क भएको छैन । के कारणले उहाँ सम्पर्कमा आउन सक्नुभएन भन्ने कुरा पनि केही थाहा हुन सकेको छैन ।’

उपमेयर दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्य समेत हुन् ।

उनी तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेदवारका रुपमा तिलागुफा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् । तत्कालीन माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य रहेकी दर्शनालाई पार्टीले उपमेयरको उम्मेदवार बनाएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  २ : ४१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने