अब विश्वभर उड्ने छैन बोइङ ७३७ म्याक्स | Khabarhub Khabarhub

अब विश्वभर उड्ने छैन बोइङ ७३७ म्याक्स


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इथियोपियामा भएको विमान दुर्घटनापछि अमेरिकी विमान उत्पादक कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलका जहाजको उडानमा रोक लगाएको छ । बोइङले अर्को निर्णय नभएसम्मका लागि भनेर ७३७ म्याक्स मोडलका ३ सय ७१ वटा जहाजको उडान रोक्ने निर्णय गरेको हो ।

इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटनामा पर्दा १५७ जनाको ज्यान गएको थियो ।

इथियोपिया दुर्घटनापछि विभिन्न देशले उक्त विमानका उडानमा रोक लगाउने निर्णय गरेका थिए ।

पछिल्लो समय अमेरिकाले समेत बोइङ ७३७ म्याक्स ८ र ९ का सबै विमानको उडानमा रोक लगाइदिएको थियो । अमेरिकाले ७० वटा विमानको उडानमा रोक लगाएपछि बोइङ तत्कालका लागि ७३७ म्याक्स मोडलका सबै विमानको उडान रोक्ने निर्णयमा पुगेको हो ।

अघिल्लो वर्षको अक्टुबर महिलामा लायन एयरलाइन्सको बोइङ म्याक्स विमान पनि इन्डोनेसियाको राजधानी जकार्तामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा १ सय ८९ व्यक्तिले ज्यान गुमाएका थिए ।

बोइङ ७३७ विमानको व्यावसायिक प्रयोग २०१७ देखि शुरु भएको थियो । विमानको सुरक्षाको विषयलाई लिएर बोइङ कम्पनीले विभिन्न दावीहरु प्रस्तुत गर्दै आएको पनि थियो । अमेरिकी अधिकारीहरुले समेत विमान सुरक्षाका विषयमा विभिन्न दावी गर्दै आएका थिए ।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानको सुरक्षाको सम्बन्धमा थप अनुसन्धान आवश्यक रहेको र नागरिकको सुरक्षा पहिलो कुरा भएको बताएपछि अमेरिकाले यो विमानका सबै उडान बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  १० : २३ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज