‘समुन्द्र प्रयोगको अधिकारलाई हनन गर्नुहुन्न’ « Khabarhub

‘समुन्द्र प्रयोगको अधिकारलाई हनन गर्नुहुन्न’


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि ब्राजिलका राजदूत मेरिया टेरेसा मेसक्युटा पेसोवाले भूपरिवेष्ठित राष्ट्रको समुद्र प्रयोगको अधिकारलाई हनन गर्न नहुने बताएकी छन् ।

उनले सामुन्द्रिक कानूनअन्तर्गत रहेर खुल्ला समुद्रको प्रयोग गर्न पाउने अधिकारलाई शक्ति सम्पन्न राष्ट्रले रोक लगाउन नहुने जिकिर गरिन ।

पराराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘भूपरिवेष्ठित राष्ट्रका लागि समुद्र प्रयोगको कानून’ विषयक छलफलमा उनले बहुपक्षीय संवादको माध्यमबाट भूपेरिवेष्ठित राष्ट्रका पक्षमा निर्माण भएको कानूनलाई प्रयोगमा लैजानुपर्ने बताइन ।

उनले भनिन, ‘ठूला र शक्तिसम्पन्न राष्ट्रले मझौला र साना देशलाई समुद्रको पहुँच उपभोग गर्न सहजीकरण गरिदिनुपर्छ ।’

ब्राजिलको साओपाउलो विश्वविद्यालयका प्राध्यापक रोड्रिगो फर्नान्डे मोरले समुद्रको अध्ययन, सहकार्य र विभिन्न मुद्दामा जलवायु परिवर्तनका कारण चुनौती थपिएको बताइन ।

प्रतिष्ठानका उपकार्यकारी निर्देशक रुपक सापकोटाले संयुक्त राष्ट्र सङ्घको ‘ल अफ सि’लाई कार्यान्वयन गर्न यसप्रकारका कार्यक्रमले टेवा पुर्‍याउने बताए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १० : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना