‘समुन्द्र प्रयोगको अधिकारलाई हनन गर्नुहुन्न’ « Khabarhub

‘समुन्द्र प्रयोगको अधिकारलाई हनन गर्नुहुन्न’


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि ब्राजिलका राजदूत मेरिया टेरेसा मेसक्युटा पेसोवाले भूपरिवेष्ठित राष्ट्रको समुद्र प्रयोगको अधिकारलाई हनन गर्न नहुने बताएकी छन् ।

उनले सामुन्द्रिक कानूनअन्तर्गत रहेर खुल्ला समुद्रको प्रयोग गर्न पाउने अधिकारलाई शक्ति सम्पन्न राष्ट्रले रोक लगाउन नहुने जिकिर गरिन ।

पराराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘भूपरिवेष्ठित राष्ट्रका लागि समुद्र प्रयोगको कानून’ विषयक छलफलमा उनले बहुपक्षीय संवादको माध्यमबाट भूपेरिवेष्ठित राष्ट्रका पक्षमा निर्माण भएको कानूनलाई प्रयोगमा लैजानुपर्ने बताइन ।

उनले भनिन, ‘ठूला र शक्तिसम्पन्न राष्ट्रले मझौला र साना देशलाई समुद्रको पहुँच उपभोग गर्न सहजीकरण गरिदिनुपर्छ ।’

ब्राजिलको साओपाउलो विश्वविद्यालयका प्राध्यापक रोड्रिगो फर्नान्डे मोरले समुद्रको अध्ययन, सहकार्य र विभिन्न मुद्दामा जलवायु परिवर्तनका कारण चुनौती थपिएको बताइन ।

प्रतिष्ठानका उपकार्यकारी निर्देशक रुपक सापकोटाले संयुक्त राष्ट्र सङ्घको ‘ल अफ सि’लाई कार्यान्वयन गर्न यसप्रकारका कार्यक्रमले टेवा पुर्‍याउने बताए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १० : ०० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा