नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने « Khabarhub

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ ।

नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खेल्न लागेको हो । उक्त विश्वकपमा १६ राष्ट्र सहभागी हुनेछन् ।

अष्ट्रेलियामा यसै वर्ष टी–२० विश्वकप क्रिकेट हुँदैछ । सो प्रतियोगिताको पुछारमा रहने चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीसँगै नेपाल, संयुक्त अरब इमिरेटस् (युएई), हङकङ र जिम्बाबेले सोझै ग्लोबल छनोट खेल्न पाउने अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसीसी) ले जनाएको छ । ग्लोबल छनोट प्रतियोगिता सन् २०२१ को मार्चदेखि जुलाईसम्म सञ्चालन हुनेछ ।

टी–२० क्रिकेटको अन्तर्राष्ट्रिय बरियताका आधारमा नेपालसहितका चार देशलाई सोझै ग्लोबल छनोट खेल्न अनुमति दिइएको हो । टी–२० क्रिकेटको विश्व बरियतामा हाल नेपाल १२औँ स्थानमा छ ।

यस्तै जिम्बावे ११औँ, युएई १५औँ तथा हङकङ २०औँ स्थानमा छ । उक्त ग्लोबल छनोटमा सहभागी १६ देशमध्ये शीर्ष स्थानका रहने चार टोलीले सन् २०२१ को टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । टी–२० विश्वकपको गत संस्करणमा नेपाल क्षेत्रीय छनोटमा पराजित भए पछि ग्लोबल छनोटसम्म पुग्न सकेको थिएन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १० : ०१ बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ