बैतडीमा बढे भ्रष्टाचारका उजुरी « Khabarhub

बैतडीमा बढे भ्रष्टाचारका उजुरी


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– पछिल्लो समय बैतडीमा भ्रष्टाचारम्बन्धी उजुरी बढेका पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले भ्रष्टाचारका उजुरी बढेको जनाएको छ ।

कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशका सबै ९ जिल्लामध्ये बैतडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका उजुरी धेरै पर्नेमा तेस्रोमा रहेको छ । स्थानीय तहका भ्रष्टाचारसम्बन्धी धेरै उजुरी पर्ने जिल्लामा कैलाली र कञ्चनपुरपछि बैतडी रहेको कार्याललय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए ।

जिल्लामा गत वर्षभन्दा चालू वर्षमा उजुरी बढेको पाइएको छ । स्थानीय तहमा भएका आर्थिक अनियमितता, दुरुपयोगलगायत उजुरीको चाप बढ्दै गएको हो ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४० उजुरी दर्ता भएका छन् । गत आवको सो अवधिमा २९ उजुरी मात्रै दर्ता भएका थिए । चालू वर्षमा परेका उजुरीमध्ये हालसम्म १६ उजुरी फछ्र्याेट भएको प्र्रमुख खतिवडाले बताउनुभयो । यस्तै गत वर्ष ९६ उजुरी परेकामा ३० उजुरी फछ्र्याेट भएका थिए ।

स्थानीय तहबाहेक जिल्लाका अन्य सरकारी कार्यालयले गरेका भ्रष्टाचारका उजुरी पर्ने क्रम बढ्दो छ । स्थानीय तहले सञ्चालन गरेका विकास निर्माणसम्बन्धी आयोजनामा भएको हिनामिनाको उजुरी सबैभन्दा बढी पर्ने गरेको कार्यालयले जनाएको छ ।

अख्तियारले पछिल्लो समय सक्रियता देखाएसँगै उजुरी बढेको कार्यालयको जिकिर छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ३ : १२ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको