सरस्वतीलाई हराउँदै मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा « Khabarhub

सरस्वतीलाई हराउँदै मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साविक विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष  स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा सरस्वती युवा क्लबलाई पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले सरस्वतीलाई १–० गोल अन्तरको पराजित गरेको थियो ।

सरस्वतीमाथि जीत निकाल्न मनाङले खेलको ४६ औं मिनेटसम्म कुर्नु परेको थियो । मनाङका लागि विमल रानाले गोल गरे । यो लिगमा उनको व्यक्तिगत गोलसंख्या ४ पुगेको छ ।

मनाङले ८ खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिँदा समान १६ अंक रहेका त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब लिगको दोस्रो र तेस्रो स्थानमा छन् ।

रेलिगेसन ‘जोन’ मा रहेको सरस्वतीसँग खेल्नु अगाडि मनाङलाई केही दबाबसहित मैदान प्रवेश गरेको प्रशिक्षक धनेश्वर प्रजापतिले बताएका छन् ।

‘हामीलाई आज जसरी पनि जीत निकाल्नु पर्ने थियो । त्यसैले हामीलाई केही डर पनि थियो,’ प्रशिक्षक प्रजापतिले भने,‘पहिलो हाफमा त्यसैले सोचे अनुरुप खेल्न सकेन । मनाङले खराब खेलेरै कठिन भएको हो ।’

मनाङले ८ खेल खेल्दा अपराजित रहेपछि उसले आफूलाई उपाधि दाबेदार भन्न भने डराइरहेको छ । प्रशिक्षक प्रजापति मनाङले राम्रो खेल्न नसके उपाधिमा दाबेदारी प्रस्तुत गर्न नसक्ने स्वीकारेका छन् ।

‘उपाधि दाबेदारीका लागि अझै धेरै मेहनत गर्नु पर्छ । अहिले कै अवस्थामा अगाडि बढ्ने हो भने शीर्ष ३ वा ५ मा अटाउने अवस्था छ,’ प्रशिक्षक प्रजापतिले भने ।

पराजित सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले भने आफ्नो टोलीका खेलाडीले गोल गर्न नसक्दा समस्या भइरहेको बताएका छन् । ८ खेल खेल्दा १ अंकमात्रै रहेको सरस्वती रेलिगेसनमा पर्ने सम्भावना बढ्दै गएको छ । उसले अहिलेसम्म जीत हात पार्न सकेको छैन ।

शुक्रबारै भएको दोस्रो खेलमा च्यासल युवा क्लबले जीत हात पारेको छ । च्यासलले ब्रिगेड व्वाइज क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । च्यासलका लागि सन्तोष साहुखलले खेलको अतिरिक्त समयमा गोल गरेका हुन् ।

यो सँगै लिगमा सर्वाधिक गोल कर्ता पनि साहुखल बनेका छन् । उनले लिगको यो सिजनमा ६ गोल गरेका छन् । यहि सिजनमा उनले लिगको इतिहासमा सय गोलको इतिहास पुरा गरेका हुन् । जीतसँगै च्यासल लिगमा ९ अंकसहित आठौं स्थानमा उक्लिएको छ । पराजित ब्रिगेड ८ अंकसहित १० औं स्थानमा छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ६ : ०७ बजे

राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा

एजेन्सी– बेलायतका राजा चार्ल्स तृतीयले आगामी वर्षका लागि सरकारको कानूनी

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक दोस्रो पटक स्थगित

काठमाडौं – विपक्षी दलको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक दोस्रो

सिंहदरबारभित्रै संसद् लाइभ हेरेर बसेका छन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई बेवास्ता गरेर अस्वभाविक व्यवहार देखाइरहेका छन्

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा. चिरञ्जीवीप्रसाद पोखरेल